नेपाली कांग्रेस:संघीय संसदमा सभामुख र उपसभामुख फरक फरक पार्टीको हुनुपर्छ

Sharing is caring!

११ साउन

नेपाली कांग्रेसले अब प्रदेश र संघीय संसदमा सभामुख र उपसभामुख फरक फरक पार्टीको हुनु पर्ने विषयलाई सदन र संसदमा लिएर जाने घोषणा गरेका छन् । डा.गोबिन्द केसीको अनसन उपलब्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अब सभामुख र उपसभामुखको मुद्दा उठाउने जानकारी दिएको हो ।

 

पार्टी कार्यालय सानेपामा आयोजना गरिएको पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले सविधानको धारा ९१ को प्रावधान हाल कार्यान्वयन नभइरहेको बताए । त्यो कार्यन्वयन गराउन कांग्रेस अग्रसर हुने जानकारी गराए । ‘सविधानको कुनै पनि प्रावधान उल्लंघन हुनु हुँदैन तर विभिन्न प्रदेश र संघीय संसद्हरुमा एकैदलका सभामुख र उपसभामुख रहदै आउनु भएको छ,’ शर्माले भने,‘यो सुधार गर्न हामी लाग्नेछौं। तर यसको मतलव कुनै एक पद कांग्रेसलाई चाहिएको भन्ने होइन।
कांग्रेसको दवावले डा.केसी प्रकरणमा सरकारपछि हट्यो

उनले केसी प्रकरणमा दुई तिहाई वहुमत प्राप्त सरकारलाई लोकतान्त्रिक चरित्र सिकाएको दाबी गरे । डा. गोविन्द केसीको माग र उनको अनशनका सन्दर्भमा कांग्रेसले संसद्को अवरोध र सडकबाट दिएको दवावले बहुमतको हठमाथि विवेकको जित निश्चित भएको बताए । कांग्रेसको दबाबको बलमा केसी प्रकरणमा सरकारपछि हटेको उनकोभ भनाई छ ।

शर्माले संसद अवरोधकै कारण डा. केसीको ज्यान बचेको र सरकारले दुई तिहाईको आडमा हनन गर्न खोजेको जनअधिकार रक्षा हुन सकेको बताए। ‘हाम्रो सरकारले ल्याएको राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश अनुरुप ओली सरकारले विधेयक ल्याउन चाहेन र त्यसैले गोविन्द केसी अनशन र हामी सडक र सदनको अवरोधमा जानु परेको हो,’ उनले भने, आफैले गरेका पूर्वसहमतिबाट ओली जी ब्याक गेयरमा जानु भो र समस्या आयो।’ डा. केसी र सरकारबीच भएका सहमति अक्षरसपालना हुनुपर्ने उनले माग गरे।

Leave a Reply

shares