प्रधानमन्त्री:धरहरा र रानीपोखरी छिट्टै बनाउँछौं

Sharing is caring!

साउन १२

प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले ढलेको धरहरा र रानीपोखरी छिट्टै बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
शनिबार राजधानीमा अन्टुफ र जिफन्ट एकता संयोजन समितिले आयोजना गरेको एक कार्यक्रममा शिलान्यास गरेर छाडेको धरहरामा छिट्टै बनाउने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

उनले नेपालको पुरानो कलात्मकता, ऐतिहासिक धरोहरलाई जोगाएर आधुनिकता मिसाएर   धरहरा, रानीपोखरी, काष्ठमण्डपलगायत सम्पदाको पुनः निर्माण शुरु गरिने बताए ।  ‘मै बनाउँछु मेरो धरहरा’ भनेर आफूले दुईवर्ष पहिले शुरु गरेको अभियान जहाँ छोडेको त्यस्तै अवस्थामा रहेको भन्दै प्रधानमन्त्रीले भने, ‘‘शिलान्यास गरेर छाडेको धरहरामा झार उम्रेको छ तर यो छिट्टै बनाउँछौं । धाँजा फाटेको रानीपोखरीसमेत बन्छ ।’

शिलान्याश गरेर छाडेको धरहरा र रानीपोखरी पुनःनिर्माणमा सरकारले क्रमिक रुपमा काम शुरु गरेको जानकारी दिँदै प्रधानमन्त्रीले भने, ‘अब बन्छन् यी दुई वटै ऐतिहासिक सम्पदा । कुनै ढिलाइ गरिँदैन । काष्ठमण्डप ज्यूँका त्यूँ हुन्छ ।’

यस्तै उनले रानीपोखरीकोे पुनर्निर्माणमा पनि जाेड दिए । काठमाडौं महानरपालिकाद्धारा निर्माण भइरहेको रानी पोखर विवादपछि स्थगित भएको छ । महानगरपालिकाले कंक्रिट हालेपछि सम्पदाविदहरुले विरोध गरेका थिए । अब प्रताप मल्लकालीन पुरानै शैली, स्वरुप र निर्माण समग्री प्रयोग गरेर बनाइने भएको छ ।

यस्तै उनले कार्यक्रममा देशका विभिन्न नदीमा रहेका तुइन विस्थापन गरेको बताए । उनले तुइन विस्थापन ठूलो कुरा नभए पनि पछौटेपन, पीडा र आँशु अन्त्य हुनु राम्रो पक्ष रहेको बताए ।

यसैगरी उनी कार्यक्रममा सामाजिक सञ्चालमा सरकारविरुद्ध व्यंग्य हान्ने विरुद्ध खरो उत्रिए । उनले प्रश्न गरे, ‘रेल ल्याउने कुरा गर्न हुँदैन ? तुइन हटाउन हुँदैन ? किन कागजको डुंगा बनाएर सरकारविरुद्ध मजाक उडाएको ?’

उनले सरकारले गर्ने भनेकी यी कार्यहरु गरेरै छाड्ने बताए । काठमाडौंका सडक दुई बर्ष भित्र स्तरोन्नति गरिसक्ने प्रधानमन्त्री ओलीले जानकारी दिए । ‘दुई वर्षभित्र काठमाडौंका सडक हेर्न लायक हुन्छ’ उनले भने

Leave a Reply

shares