युएईले नेपाली लाई दिएको तीन महिनाको आममाफीको समय आजबाट सुरु

Sharing is caring!

साउन १६

युएई । युएईस्थित नेपाली राजदूतावासले अवैधानिक रुपमा रहेका नेपालीलाई आममाफीमा सहभागी हुन अनुरोध गरेको छ । दूतावासले युएईमा अवैधानिक रुपमा रहेका सबै नेपालीलाई आममाफीको प्रक्रियामा सहभागी हुन दूतावासले आफ्नो सम्पर्कमा आउन आग्रह गरेको छ ।युएईले दिएको तीन महिनाको आममाफीको समय आजबाट सुरु भएकाे छ । भिसाको अवधि सकिएर बसेका, भिजिट भिसामा आएर काम नपाई ओभर स्टे भएका, पासपोर्ट नभएका कामदारले दूतावासको सहयोगमा आवश्यक कागजात मिलाएर नेपाल फर्कन पाउनेछन् ।

आफूलाई पाएक पर्ने ठाउँको अध्यागमन कार्यालयबाट यात्रा अनुमति पत्र लिने र दूतावासबाट आउटपास लिएर नेपाल फर्किन पाइने दूतावासले जनाएको छ । यात्रा अनुमति पत्र पाएको एक हप्ता भित्र युएई छाडिसक्नुपर्नेछ ।

Leave a Reply

shares