युएईमा जारी टि- १० लिगमा नेपालले उत्कृष्ट प्रदर्शन गरेपछि टी-१० लिग अन्तर्गत डेब्यु खेलमै म्यान अफ द म्याच जित्यो।

Sharing is caring!

मङ्सिर ७ 

काठमाडौं – युएईमा जारी टि- १० लिगमा नेपाली स्टार लेग स्पिनर सन्दिप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेपछि टी-१० लिग अन्तर्गत केराला नाइट्सले पख्तुन्सलाई ८ विकेटले पराजित गरेको छ । सन्दीपले २ ओभरमा ३ विकेट लिएपछि खेलको म्यान अफ द म्याच पनि भए ।

टस जितेर फिल्डीङ गर्ने निर्णय गरेको केरालाको लागि सन्दीपले २ ओभरमा १७ रन खर्चंदै ३ विकेट लिए । उनको प्रदर्शनका बाबजुद पख्तुन्सले १० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९ रन जोडेको थियो । उनले आक्रामक देखिएका आन्द्रे फ्लेचर र कोलिन इन्ग्रामलाई पहिलो ओभर र मुहमद कालिमलाई दोस्रो ओभरमा पेभेलियन फर्काए ।

पख्तुन्सका लागि फ्लेचरले १४ बलमा ३ चौका र २ छक्कासँगै ३२ रन जोडे । क्यामरन डेलपोर्ट १५ बलमा २८ मा नटआउट रहँदा लिआम डसनले ११ बलमा २५ रनको योगदान दिए । केरलाका अन्य बलरले विकेट लिन सकेनन् । च्याडविक वाल्टन र डसन रनआउट भएका थिए ।

जवाफमा केरलाले आठौँ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य प्राप्त गर्यो । ओपनर क्रिस गेल १३ रनमा आउट भए । पल स्टरलिङले १४ बलमा ३ चौका र ४ छक्कासहित ४० रन जोडे । कप्तान ओइन मोर्गन २० बलमा २ चौका र ५ छक्का प्रहार गर्दा ४६ रनमा नटआउट रहे । 

Leave a Reply

shares