अब महिलाले उद्यम गर्नको लागि १५ लाखसम्म सहुलियत ऋण पाउने। ऋणकोलागि आवेदन दिएपछि २१ दिनभित्र ऋण स्वीकृत।

Sharing is caring!

मङ्सिर ९ 

काठमाडौँ ,अब महिलाले उद्यम गर्नको लागि १५ लाखसम्म सहुलियत ऋण पाउने भएका छ। कर तिर्दा सहुलियत पाउने कुरा होस् वा संस्था रजिस्टर गर्दा होस् महिलालाई उद्यम गर्न नेपाल सरकारले थुप्रै अनुदान र सहुलियत दिने गरेको छ।महिला उद्यमीलाई नेपालमा नै व्यवसाय गर्न सहज  र आकर्षित गराउने उद्देश्यले नेपाल सरकारले सहुलियत ऋण दिने भएको छ।

यसका  लागि अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ लागु गरेको छ। यो कार्यविधिमा  महिला उद्यमीलाई दिइने ऋण, धितो र ब्याज अनुदानको व्यवस्था समाबेश गरिएको छ। यो लेखमा हामी महिला उद्यमीलाई दिइने सहुलियत ऋण लिन के कस्तो योग्यता हुनुपर्छ? के के कागजात चाहिन्छ? भन्ने विषयमा कुराकानी गर्छौँ।

के कस्ता शर्तहरू छन्?

  • महिला उद्यमी कम्तिमा १८ वर्ष पुरा भएको हुनुपर्छ
  • व्यक्तिगत वा सामूहिक रुपमा व्यवसाय गर्नेलाई मात्र ऋण दिइन्छ

सहुलियत के के पाइन्छ?

  • १५ लाख रुपैयाँसम्मको परियोजना धितोमा राखेर ऋण लिन सकिन्छ
  • यसरी लिइएको ऋणको ब्याज तिर्दा ६ प्रतिशत सरकारले तिरिदिने छ भने बाँकी ऋणी आफैले तिर्नुपर्ने हुन्छ जस्तै यदि तपाईँले ऋण लिदा वार्षिक १४% ब्याज तिर्नुपर्थ्यो भने यो ब्याजमा ६% ब्याज सरकारले तिर्दिन्छ बाँकी ८% मात्र ब्याज तपाईँले तिरे पुग्छ।

कागजपत्र के के चाहिन्छ?

यो ऋण लिन निम्न कागजात चाहिन्छ।

  • स्पष्ट रुपमा भरेको आवेदन फारम
  • नागरिकताको प्रतिलिपि
  • कानुन बमोजिम दर्ता भएको व्यवसाय र स्थायी लेखा नं (PAN) प्रमाणपत्रको प्रतिलिपि
  • दर्ता भएको परियोजना/प्रोजेक्टको विवरण
  • कर्जा सूचना केन्द्रको कालोसूचीमा नपरेको स्व:घोषणा
  • संचालकहरुकाे विवरणसहितको कागजपत्र

नोट: बैङ्क तथा वित्तीय संस्था अनुसार चाहिने कागजपत्र फरक पर्न सक्छ, एक पटक बैङ्कमा पनि बुझ्दा राम्रो हुन्छ।

ऋण स्वीकृत हुन कति दिन लाग्छ?

बैङ्क तथा वित्तीय संस्थामा ऋणकोलागि आवेदन दिएपछि २१ दिनभित्र ऋण स्वीकृत हुन्छ। यदि नभएमा कारणसहित आवेदकलाई बैङ्कले जानकारी गराउनुपर्छ।

Leave a Reply

shares