सरकारले उपत्यकाका तीन ठाउमा निःशुल्क ‘ट्रायल’ सेवा शुरु अगर्यो ।

Sharing is caring!

मङ्सिर २२ 

काठमाडौँ , उपत्यकाका तीन यातायात व्यवस्था कार्यालयले चालक अनुमतिपत्र (लाइसेन्स) वितरणका लागि निःशुल्क ‘ट्रायल’ सेवा शुरु गरेका छन् ।कार्यालयले आजदेखि निःशुल्क ‘ट्रायल’ सेवा शुरु गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।

सर्वोच्च अदालतले निःशुल्क ‘ट्रायल’ लिने व्यवस्था मिलाउन आदेश दिएपछि तीनै कार्यालयले चालक प्रशिक्षण सञ्चालन गर्ने विद्यालयलाई प्रस्ताव पेश गर्न सार्वजनिक सूचना जारी गरेको थियो । जसअनुसार सुकेधारा कार्यालयका लागि तीन, ठूलो भर्याङ्गक  लागि दुई र भक्तपुरका लागि एक प्रशिक्षण केन्द्रले आवेदन दिएका थिए ।

सुकेधाराको ‘ट्रायल’ गर्ने अनुमति पाएको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालि गुर्जुधाराले आजदेखि शुरु गरेको छ । ४२ रोपनी क्षेत्रफलमा फैलिएको केन्द्रमा आज १५० जनाको ‘ट्रायल’ भएको प्रबन्ध निर्देशक माधवप्रसाद अधिकारीले जानकारी दिनुभयो । 

उपत्यकाको ठूलो भर्याङ र भक्तपुर कार्यालयले पनि यसै सातादेखि सेवा शुरु गर्ने विभागले जनाएको छ । एकान्तकुना कार्यालयले भने १० वर्षका लागि शुल्क लिएर ‘ट्रायल’ लिने सम्झौता गरिसकेकाले निःशुल्क हुने छैन ।

Leave a Reply

shares