परदेशी छोरा

Sharing is caring!

गजल

नजा छोरा भन्दै थिए बाउले मलाई परदेशमा !
बाउको कुरा अटेरी गर्दै लाग्यो छोरा परदेशमा !!

जताततै साथी भाईको यात्रा देखे परदेशमा !
रहर लाग्यो झोला बोकि हिड्यो छोरा परदेशमा !!

रुदै आमा भन्दै थिइन किन जान्छस परदेशमा !
लाउन खाना कमी छैन नजाऊ छोरा परदेशमा !!

जिद्दी पनले सिमा नाघ्यो लागे छोरा परदेशमा !
बिदेश पुग्दा दंग परे अचम्मै लाग्यो परदेशमा !!

रातको समय झिलीमिलि देखे राम्रै लाग्यो परदेशमा !
सबेरै उठे एताउता हेरे आशुको धारा थामिएन परदेशमा !!

पैसा कमाइ ल्याउला आमा भनि आको छोरा परदेशमा !!
महिना बित्यो रगत पसिना साटेको सुख छैन परदेशमा !!

फोन आउदा पीडा लुकाई सन्चौ छु आमा भन्ने गर्छु परदेशमा !!
हातको ठेला हेर्दै छिट्टै पैसा पठाउछु आमा भन्ने गर्छु परदेशमा !!

सानैदेखि साहित्य प्रति झुकाब राख्ने करण तामाङ आफ्नो हजुरबुवा गंगाबहादुर तामाङको राजनितिक अनि साहित्यिक पृष्ठभूमिले साहित्य लेखनमा प्रेरणा मिलेको बताऊछन्। उनी समसायमिक घटनाक्रम र मुख्यतया आफुले बैदेशिक भुमिको भोगाईहरुलाई श्लोक, गजल, सायरी, कविताका माध्यम बाट सम्प्रेषण गर्दछन्।

करण तामाङ

Leave a Reply

shares