मलेसियाको रोजगारी बिषयमा संसदीय समितिमा ठुलो चर्काचर्की

Sharing is caring!

फागुन ३

काठमाडौँ ,मेलेसिया रोजगारीको विषयलाई लिएर बिहीबार प्रतिनिधिसभा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सांसदहरुबीच चर्काचर्की भएको छ । समितिले मलेसियामा नेपाली कामदार पठाउने प्रक्रिया सुरु गर्न, भारत, मलेसिया, संयुक्त अरब इमिरेट्स तथा इजरायलका लागि नवनियुक्त राजदूतसँग उद्योग, वाणिज्य र श्रमका विषयमा छलफल गर्न बैठक बोलाएको थियो ।

समिति सभापति श्रीवास्तवले मलेसिया रोजगारी बन्द हुँदा परेका समस्याबारे बोल्न वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङलाई अनुमति दिँदा सांसदहरु एलपी साँवा लिम्बु र कृष्णप्रसाद श्रेष्ठले गणपूरक ९ कोरम नपुगेको भन्दै बैठक स्थगित गर्न माग गरेका थिए

११ जना सांसद उपस्थित बैठकमा लिम्बु र श्रेष्ठले कोरम नपुगेको भन्दै गुरुङलाई बोल्न अवरोध गरेपछि समितिका सभापति श्रीवास्तवले छलफल अघि बढाउन निर्देशन दिए । समिति सभापति श्रीवास्तवले बिहीबारको बैठक छलफलका लागि बोलाइएको र गणपूरक सँख्या नपुगी कुनै निर्णय नहुने बताउँदाबताउँदै लिम्बु र श्रेष्ठ बाहिरिए । उनीहरु बाहिरिएपछि बैठकम उपस्थित अन्य सांसदहरु पनि सँगै छलफल बाट बाहिरिएका थिए ।यो समाचार आजको नागरिक दैनिकमा  छ।

Leave a Reply

shares