नेपाली बालगायक प्रीतम आचार्यले जी टिभि बाट प्रशारण भैरहेको सारेगमाप लिटल च्याम्प्स’को उत्कृष्ट १५ ईस्थान चुम्दै।

Sharing is caring!

फागुन ७

काठमाडौँ ,भारतीय जी टिभि बाट प्रशारण भैरहेको चर्चित भारतीय बाल गायन प्रतियोगिता ‘सारेगमाप लिटल च्याम्प्स’को उत्कृष्ट १५ मा इटहरीका बालगायक प्रीतम आचार्य पुगेका छन् यसअघि उनी उत्कृष्ट ३० मा पुगेका थिए । उत्कृष्ट टप ३० मा पुग्दा उनले सिल्भर मेडल पाएका थिए भने उनले अहिले टप १५ मा पुग्दा गोल्डेन मेडल पाएका छन् ।

प्रीतम साढे ७ लाख प्रतिष्पर्धीलाई उछिन्दै उत्कृष्ट १५ सम्म पुग्न सफल भएका हुन् । उनी यसअघि कान्तिपुर टेलिभिजन बाट प्रशारण हुने सुरसाला आइडल का उपविजेता समेत हुन् । सुरसाला आइडलका विजेता आयुष केसी पनि प्रितम संगै सारेगमप मा प्रतिष्पर्धाको क्रममै छन् ।

क्लासिकल, लोक, पप, आधुनिक, शास्त्रीय लगायतका जुनसुकै गीत पनि सजिलै संग गाउन सक्ने खुबी भएका प्रितमले नेपालको नाम राख्छन भन्ने बिश्वास सबैमा छ । उनी पनि बारम्बार भन्ने गर्छन् ‘नेपालको नाम राखेर फर्किन्छु’ । हाम्रो तर्फबाट प्रीतमलाई अझ सफलताको सुभकामना ।

Leave a Reply

shares