कविता: प्रजातन्त्र

Sharing is caring!

फागुन ७

प्रजातन्त्रै याैटा विविध रङकाे शासन थियाे । 
व्यवस्था मास्ने नै मुलक भरमा भाषण थियो । 
गर्याैं आशा सारा सफल सपना दिव्य लहरी ।
नयाँ हाेला केही सहज जनमा जीवनभरि ।

पलायाे जाे आशा पलपल घडी हुन्छ रसिलाे ।
बनायाे चिन्ता त्याे हरदम कतै छैन हँसिलो ।
प्रजातन्त्रै मात्रै सफल शुभ हाेस् भन्छ मनले ।
बिगार्ने नेता हुन् झटपट सबै छाेप्छ धनले । 

प्रजाले धर्तीले हरतरहमा झुक्न नपराेस् ।
जहाँ नेता चम्के खुरुखुरु कठै राेक्न नपराेस् ।
सफा आत्मा साेझा हृदयतलका उच्च जनता । 
सबै नेपालीका सुमधुर बनुन्  दिव्य ममता ।

छन्द: शिखरिणी
रचनाकार: नमराज लामिछाने
ताराकेश्वर काठमाडौँ, हाल साउदीअरब रियाद

वैदेशिक राेजगारिकाे शिलशिलामा साउदी अरबलाई कर्मथलाे बनाउदै अाउनु भएका श्री नमराज लामिछाने राजनीति मात्र नभएर साहित्यमा पनि कलम चलाउदै अाउनु भएकाे छ। नुवाकोट जिल्ला निवासि लामिछाने भखरै मात्र अन्तर्राष्ट्रिय नेपाल साहित्य समाज साउदि च्यप्टरकाे अध्यक्षमा समेत निर्वाचित हुनुहुन्छ।

नमराज लामिछाने

Leave a Reply

shares