व्यंग्यात्मक कविता – नेताजी

Sharing is caring!

फागुन ९

देउवा भन्छ प्रधानमन्त्री प्रचण्ड र ओलि 
बुझ्नै गार्हो के भाको छ देशमा आज भोलि !

नेकपाको सरकार हुदा गर्जी रहन्छ देउवा
भ्रस्टचारी कस्ले गर्छ च्याप्पा समाई लेउ बा !

घुसै खान्न पुलिसले अख्तियार झनै शुद्ध
कुन जनताको पावर छर हाम्लाई हाल्न मुद्दा !

मेरो देशमा दमन हजुर मेरै देशमा शोषण
पंचायत शासन आयो फेरी बोल्ने यहा को छन् !  

जनताले खावोस् नखावोस् नेताजीले खाए पुग्ने
भोट दिदा आँखा चिम्लियो आज किन थुक्ने !

सधै भरि हामीलाई मात्र किन लाउछौ दोष
पैलो नम्बर नेपाली जनताको खुल्नु पर्यो होस !

देउवाजी लरबराउदा केपिजी टुक्का मात्रै जोड्ने
नेपाली जनताले देको घुस हाम्ले किन छोड्ने !

प्रचण्डले भाषण छाड्दा भन्छन सधै मने
डाक्टर केसीले सिटामोललाई कति पर्छ भने !

कालिकोटका धनि जनता पेट फुट्ने गरि खाने
सोझा साझा गरिब नेताज्यु लाइ कुपोषणले लाने !

* मुलधारका राजनीतिज्ञ प्रतिको कटाक्ष - रचनाकार: करण तामाङ, हाल साउदीअरब जुबैल

सानैदेखि साहित्य प्रति झुकाब राख्ने करण तामाङ आफ्नो हजुरबुवा गंगाबहादुर तामाङको राजनितिक अनि साहित्यिक पृष्ठभूमिले साहित्य लेखनमा प्रेरणा मिलेको बताऊछन्। उनी समसायमिक घटनाक्रम र मुख्यतया आफुले बैदेशिक भुमिको भोगाईहरुलाई श्लोक, गजल, सायरी, कविताका माध्यम बाट सम्प्रेषण गर्दछन्।

करण तामाङ

Leave a Reply

shares