बंगलादेशको राजधानी ढाकामा भीषण आगलागी हुदा ५० को मृत्यु ४० जना गम्बीर घाईते

Sharing is caring!

फागुन ९

बीबीसी। बंगलादेशको राजधानी ढाकाको एक व्यस्त इलाकामा आगलागी हुँदा कम्तिमा पनि ५० जनाको मृत्यु भएको छ। अन्य ४० जना गम्भीर घाइते भएका छन्।बीबीसीका अनुसार मृत्यु हुनेको संख्या बढ्न सक्छ। राजधानीको पुरानो शहर इलाकाको चोक बजारको एउटा भवनामा आगो लागेको थियो। यो भवनममा केमिकल राख्ने गोदामा पनि थियो।

एउटा भवनबाट सुरु भएको आगलागी हेर्दा हेर्दै अन्य भवनमा पनि फैलिएको थियो। आगो नियन्त्रण गर्न करिव ३७ दमकल घटनास्थलमा पुगेका छन्। हालसम्म १२ वटा शव उक्त भवनबाट बाहिर निकालिएको छ अहिले ९५ प्रतिशत आयो नियन्त्रणमा लिइएको बीबीसीले जनाएको छ।

आगो नियन्त्रणमा आएपछि खोजी अभियान संचालन गरिने बताएको छ। आगो लाग्नुको कारण हालसम्म खुल्न सकेको छैन। केही प्रत्यक्षदर्शीले ग्यास सिलिण्डर विस्फोट भएपछि आगलागी भएको बताएका छन्।  आगलागी भएको भवनमा प्लास्टिक र केमिकलको गोदाम थियो, जसका कारण आगो चाँडै अन्यत्र पनि फैलिएको थियो।

Leave a Reply

shares