प्रदेश १ स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि संखुवासभाले हात पर्यो

Sharing is caring!

फागुन १२

साेलुखुम्बुमा भएकाे प्रदेश १ स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि संखुवासभाले हात पारेको छ। छनोटमा परेका खेलाडीहरुलाई नेपालगञ्जमा हुने आठौ राष्ट्रिय प्रतियोगीताका लागि सहभागी गराईने जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुका अध्यक्ष डीबी रानापालले गल्फ संदेसलाई जानकारी दिनुभयो ।

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेशस्तरीय महिला भलिबल प्रतियोगितामा ओखलढुंगालाई ३–० को सोझो सेटमा पराजित गर्दै संखुवासभाले उपाधि जितेको हो ।

शनिबार भएको खेलमा सुनसरीलाई ३÷२ ले हराउँदै सोलुखुम्बु तृतीय भएको छ । 

शुक्रबार भएको सेमिफाइनल खेलमा संखुवासभाले सोलुखुम्बुलाई पराजित गरेको थियो भने ओखलढुंगाले सुनसरीलाई पराजित गरेको थियो ।
विजेता खेलाडी समूहलाई प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारीको हातबाट मेडल र प्रमाणपत्र प्रदान गरिएको गरिएको छ । 

आठौँ राष्ट्रिय प्रतियोगिताका लागि १२ खेलाडी छनोट
आठौँ  राष्ट्रिय प्रतियोगितामा सहभागी हुन प्रदेश स्तरीय महिला भलिबल खेलबाट १२ खेलाडी छनोट भएका छन् । 

शनिबार सम्पन्न छनोट प्रतियोगिताबाट सारदा गजमेर (सखुंवासभा),  समिता गजमेर (सखुंवासभा), तारा श्रेष्ठ(ओखलढुंगा), सावित्रा राई(ओखलढुगा), निशा राई (सोलुखुम्बु), पदमकुमारी रार्ई(सोलुखुम्बु) लावती लिम्बु (सुनसरी), अनुस्का चौधरी (सुनसरी) , अन्जली लिम्बु(मोरङ), सुनिता राई(भोजपुर), तेजकुमारी(झापा) र समिका सार्की(झापा) छनोटमा परेका छन् । अब छनोटमा परेका यी सबै खेलाडीहरुलाई नेपालगञ्जमा हुने आठौ राष्ट्रिय प्रतियोगीताका लागि खेलाइने छ।

Leave a Reply

shares