नेपालले मार्च महिनामा कुवेत र मलेसिया सँग मैत्रिपूर्ण फुटबल खेल खेल्ने।

Sharing is caring!

फागुन २४

काठमाडौँ ,अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार मलेसिया र कुवेतसँग मैत्रीपूर्ण फुटबल खेल यही मार्चमा खेल्ने जानकारी दिएको छ।

नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक योहान कालिनको यो मैत्रीपूर्ण खेल डेब्यु हो । उनकै प्रशिक्षणमा नेपालले कुवेत र मलेसियासँग प्रतिस्पर्धा गर्नेछ भने नेपालले कुवेतसँग अहिलेसम्म पाँच पटक प्रतिस्पर्धा गरेको छ भने मलेसियासँग सात पटक खेलेको छ ।

त्यस्तै गरी नेपालले आफ्नो पहिलो खेलमा २१ मार्चमा कुवेतसँग उसैको भूमिमा खेल्नेछ । त्यसको पाँच दिनपछि अर्थात मार्च २६ तारिखमा नेपालले मलेसियासँग उसैको मैदानमा खेल्न लागेको हो ।

नेपालले बंगलादेशमा सम्पन्न बंगबन्धु गोल्डकपपछि अन्तर्राष्ट्रिय खेल खेल्न पाएको छैन । बंगबन्धु गोल्डकपमा नेपालले प्यालेस्टाइन र ताजिकिस्तानसँग प्रतिस्पर्धा गरेको थियो ।

Leave a Reply

shares