कतारमा ज्यान गुमाएका दुई नेपालीका परिवारले राहत ६० लाख राहत यसरी पाए ।

Sharing is caring!

फागुन २७

दोहा (कतार ),कतारमा ज्यान गुमाएका दुई नेपालीका परिवारले राहत पाएका छन् । सन् २०१४ मा मृत्यु भएका शिरण कापर र पूर्ण बहादुर सार्कीका परिवारले राहतस्वरुप कतारी रियल २/२ लाख (नेपाली झण्डै ६० / ६० लाख) पाएका छन् ।

कतारको आन्तरिक मामिला मन्त्रालयले मृतकका परिवारजनका सदस्यहरुलाई कतारमै बोलाएर राहत दिएकोे कतारस्थित नेपाली दूतावासले जनाएको छ । राहत रकम बुझ्न काकुल्ती देवी कापर र शान्ती सार्की कतार आएका थिए।

उनीहरूलाई कतार सरकारको आन्तरिक मामिला मन्त्रालयले मंगलवार रकम हस्तान्तरण गरेको हो । उनीहरूले बैंकिङ च्यानल मार्फत सो रकम नेपालमा पाउने भएका छन्। राहतको लागि कतारमा रहेको नेपाली राजदूतावासले कतार सरकारका विभिन्न निकायहरुसंग विशेष पहल गरेको थियो ।

Leave a Reply

shares