नेपाली दूतावास मलेसियाले मलेसियामा भएका नेपाली श्रमिकहरुलाई कम्पनी छाडेर अवैधानिक रुपमा काम नगर्न आग्रह

Sharing is caring!

फागुन २७

क्वालालम्पुर , नेपाली दूतावास मलेसियाले मलेसियामा भएका नेपाली श्रमिकहरुलाई कम्पनी छाडेर अवैधानिक रुपमा काम नगर्न आग्रह गरेको छ ।

यतिबेला मलेसिया सरकारले अबैधनिकरुपमा काम गरिरहेका अप्रावासी कामदारलाई धरपकड कडाईका साथ गर्न थालेपछि नेपाली श्रमिकहरु पनि ठुलो सख्या मा पक्राउ भएको दूतावासका पुर्व राजदूत अथवा बर्तमनका उपानियोग प्रमुख कुमार खरेलले नेपाल कम्युनिस्ट पाटी विप्लव निकट जनप्रत्रकार संगठन मलेसियाका प्रमुख तथा अनलाइन को टिभी का पत्रकार सन्तोष योन्जन तामाङलाई जानकारी दिनुभयो !

मलेसिया सरकारले पटकपटक आममाफी दिएका बेला स्वदेश फिर्ता हुन नमान्ने श्रमिकहरुलाई अहिले झन् मलेसिया इमिग्रेसनले कडाइका साथ कार्वाही अगाडि बढाएको समेत नेपाली दूतावासका पुर्व कार्यबाहक राजदूत अथवा बर्तमनका उपा नियोग प्रमुख कुमार खरेलले जानकारी दिनुभयो सन् २०१८डिसेम्वर ३१ सम्ममा अबैधनिक श्रमिकहरुलाई स्वदेश फर्कन समय तोकेका थिए !

नेपाली दूतावास मलेसियाका पुर्व कार्यबाहक राजदुत बर्तमनका उपा नियोग प्रमुख कुमार खरेल को भनाइ अनुसार नेपाली श्रमिकहरुले आफ्नो पासपोर्ट आफैं सङ राख्नपाउने अधिकार भएको र श्रमिकहरुलाई कम्पनीले आफ्नो पासपोर्ट आफैं सङ राख्न नदिएको खण्डमा नेपाली दूतावासलाई खबर गरि कम्पनी विरुद्धमा मुद्दा लड्न दूतावासको भुमिका रहने समेत जानकारी दिनुभयो !

नेपाली दूतावास मलेसियाले अबैधनिक श्रमिकहरुलाई मलेसिया सरकारले बैधानिक बनाउन नसक्ने र हाल सम्म त्यस्ता कुनै प्रक्रिया नभएको भन्दै अबैधनिक नेपाली श्रमिकहरुलाई छिटोभन्दा छिटो स्वदेश फ़र्कनु आग्रह समेत गर्नुभएको थियोे !

नेपाली श्रमिक जो अबैधनिक मलेसियाको जेलमा परेका जो कोही ब्याक्तीहरुलाई बिचल्लीहरुले म निकालेर घर पठाई दिन्छु भन्दै घरको फोन नम्बर मागेर ठगी गर्ने दलालहरु धेरै सख्यामा भएकाले यस्ता कुरा बाट जोगिनु र नेपाल बाट पनि पीडित को आफन्तले सिधै नेपाली दूतावासमा सम्पर्क गर्न आग्रह गर्नुभएको छ !

मलेसियाको एअरपोर्टमा नेपाली श्रमिकहरु धेरै सख्यामा लुटिएको खबर आएपछि दूतावासले हप्ताको दुईदिने चेकिङ अपरेसन थालेको दूतावासका नेपाली दूतावास मलेसियाका पुर्व कार्यबाहक राजदुत बर्तमनका उपा प्रमुख कुमार खरेलले नेपाली श्रमिकहरुलाई सुरक्षितका साथ घर पठाउने बाताबरण मिलाएको जानकारी दिनुभयो !

नेपाली दूतावास मलेसियाले आपत बिपत्तिमा परेका नेपाली श्रमिकहरु लाई राज्यकोषको बजेट पनि नेपाल पठाएको जानकारी दिनुभयो,आगामी दिनमा पनि श्रमिक प्रति दूतावास सधैं खुल्ला रहने प्रतिबद्धता गर्नुभएको छ

Leave a Reply

shares