नेपाल र कतारबीच बस्ने वार्ताका लागि नेपाली प्रतिनिधिमण्डल कतार सग आज पनि छलफलमा बस्दै।

Sharing is caring!

फागुन ३०

दोहा,(कतार )नेपाल र कतारबीच बस्ने वार्ताका लागि नेपाली प्रतिनिधिमण्डल कतार सग आज पनि छलफलमा बस्दै। दुई दिनसम्म चल्ने वार्तामा काठमाण्डूमा ’कतार भिसा सेन्टर’ स्थापनाको सहमति हुने अपेक्षा गरिएको छ ।

आप्रवासी श्रमिक लिने प्रकृयालाई सहज बनाउने भन्दै कतारले गत वर्षबाट धेरै कामदार पठाउने आठ देशमा २० वटा भिसा सेन्टर स्थापना गर्ने बताएको थियो।दक्षिण एसियामा यसअघि नै श्रीलंकामा एक, बाङ्लादेश र पाकिस्तानमा दुई (दुई खुलिसकेका छन्। भारतका विभिन्न शहरहरूमा समेत केन्द्रहरू खोल्ने तयारी कतारले गरेको छ।

के हो भिसा सेन्टर?

कतार सरकारका तर्फबाट खोलिने यस्तो केन्द्रले शून्य लागतमा कामदार पठाउने व्यवहारिक आधारहरू तयार गर्ने नेपाली अधिकारीहरूले बताएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहालले भिसा केन्द्र स्थापना गर्दा बिचौलियाहरूले अनेक नाममा मोटो रकम असुल्ने बाटो बन्द हुने बताउँछन्।

उनले भने, “श्रमिकहरूको खर्च राहदानी बनाउन मात्र हुने र सबै प्रक्रिया नेपालमै सकेर कतारमा सिधै कार्यस्थलमा पुग्ने परिवेश तयार हुनेछ।“भिसा सेन्टरलाई दिनुपर्ने सेवा शूल्क समेत रोजगारदाताले व्यहोर्नुपर्ने माग नेपाली पक्षले गर्नेछ।

भिसा केन्द्रको सेवाहरू

भिसा केन्द्र स्थापना भएपछि निम्न सेवाहरु प्रदान गर्नेछन्रो :

१ जगारीको अवसरबारे सूचना दिने,

२ वेशाज्ञा एवम् श्रमपत्र जारी गर्ने,

३ श्रमिक(रोजगारदाताबीचको अन्तिम सम्झौता गराउने, र

स्वास्थ्य जाँच गर्ने।

यसअघि भिसा केन्द्र स्थापना भएका देशमा त्यहाँका प्रमुख भाषाहरूमा यी सेवाहरू उपलव्ध छन्। नेपाल र कतारबीच अनौपचारिक रुपमा यसबारे सकारात्मक छलफल भएसँगै कतारी पक्षले सम्झौता अगावै तयारी थालिसकेको छ।

आज बिहीवार सकिने वार्तामा दुवै देशहरू यसमा सहमत भए दुवै देशका मन्त्रिपरिषदबाट अनुमोदन भएर मन्त्रिस्तरमा सम्झौतामा हस्ताक्षर हुने जानकारी छ।

Leave a Reply

shares