राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा अमृतबहादुर राईले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटिरेजसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नुभयो

Sharing is caring!

चैत ०१

संयुक्त राष्ट्रसंघका लागि नेपाल मिसन न्युयोर्कका स्थायी प्रतिनिधि अमृतबहादुर राईले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटिरेजसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ । संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा आज आयोजित विशेष समारोहकाबीच राईले ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको हो ।


ओहोदाको प्रमाणपत्र पेश गरिसकेपछिको औपचारिक भेटघाटमा महासचिव गुटिरेजले मन्त्री रविन्द्र अधिकारीको निधनप्रति दुख व्यक्त गर्दै समवेदना प्रकट गर्नुभयो । महासचिवले राजदूत राईलाई बधाई दिनुका साथै राष्ट्रसंघका लागि स्थायी प्रतिनिधिका रुपमा स्वागत समेत गर्नुभयो । उहाँले राष्ट्रसंघ र नेपालबीचको सम्बन्ध सुदृढ बनाउन आवश्यक सहयोगको सुनिश्चितता समेत व्यक्त गर्नुभयो ।

भेटमा राजदूत राईले राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका तर्फबाट महासचिव गुटिरेजलाई शुभकामना सन्देश समेत सुनाउनुभएको थियो । राजदूत राई न्युयोर्क आएर गत मार्च ५ देखि कार्यभार सम्हाल्नुभएको छ ।

Leave a Reply

shares