चैत महिना भरिमा तपाइको भाग्य यस्तो छ,हेर्नुहोस तपाइको राशिफल।

Sharing is caring!

चैत ०१ 

मेष

काममा सफलता मिल्दै जानेछ । सबैले तपार्इंको इच्छाबमोजिम सहयोग गर्नेछन् । मनमा सन्तोष छाउनेछ । बोलीको प्रभाव बढ्नेछ । दाम्पत्य जीवनमा माया एवं समझदारी कायम रहनेछ । माइती–मावलीसित भेटघाट गर्ने अवसर जुट्नेछ । छोराछोरीबाट सुख मिल्नेछ ।

वृष    

पुण्य कार्यमा सहभागी हुने अवसर प्राप्त होला । काम विशेषले यात्रा हुनसक्छ । नवीन रोजगारीको सम्भावना छ । कसैकसैले कुनै कार्यक्रम वा समारोहमा सम्मानित हुने मौका पाउनेछन् । काममा सफलता मिल्दै जानेछ । आफ्नो इच्छानुरूप समय यापन गर्ने अवसर जुट्नेछ । दाम्पत्य जीवन सुमधुर रहनेछ । आकस्मिक उपहार प्राप्त हुनसक्छ । प्रतिस्पर्धात्मक कार्यमा सफलता हात पर्नेछ । 

मिथुन

समस्याहरू समाधान हुनेछन् । अधूरा काम क्रमशः पूरा हुँदै जानेछन् । पारिवारिक खुसी एवं सुख प्राप्त होला । जीवनसाथीबाट अपेक्षा गरेजस्तै माया, सहयोग एवं सद्भाव प्राप्त हुनेछ । प्रतिस्पर्धात्मक कार्यमा सफलता हात पर्नेछ । आर्थिक लाभ हुने योग छ । हडबडीमा कुनै पनि काम नगर्नुहोला । कुनै कामको थालनी गर्नुपूर्व राम्रोसँग सोचविचार गर्नुपर्ने समय छ । 

कर्कट    

मनमा प्रसन्नता छाउनेछ । पारिवारिक वातावरण सुखमय रहनेछ । दिदीबहिनीहरूसित कतै घुम्न जाने मौका मिल्ला । आफ्नो इच्छानुरूप काम गर्ने अवसर जुट्नेछ । आर्थिक पक्ष सुदृढ भए पनि आफ्नो खुसीका निम्ति केही खर्च हुनसक्छ । परिवारका सदस्यहरूले पनि सकेसम्म तपार्इंको इच्छापूर्ति गर्ने प्रयास गर्नेछन् । कहिलेकाहीँ शारीरिक थकानले काममा बाधा उत्पन्न गर्न सक्छ । आफ्नो स्वास्थ्यका लागि केही समय छुट्याउनुहोला । 

सिंह    

मनमा डर पैदा हुनसक्ने भएकाले सकारात्मक रहने प्रयास गर्नुहोला । जाँगरमा कमी आउनसक्छ । काममा अपजस मिल्नसक्ने भएकाले कार्यक्षेक्रमा सत्रिय रहने प्रयास गर्नुपर्नेछ । अनपेक्षित विवाद हुनसक्ने भएकाले झैझमेलामा नफस्नु नै उचित हुन्छ ।स्वास्थ्यको ख्याल गर्दै आफ्नो काममा अग्रसर रहन सके सम्भावित विवाद एवं अपजस टर्नसक्छ । आफ्नो जोडीको कुरा बुझेर काम गर्दा दाम्पत्य जीवन सुखमय रहनेछ । 

कन्या

यात्रा हुनसक्छ । काममा सफलता मिल्दै जानेछ । पारिवारिक मेलमिलाप बढ्नेछ । श्रीमान्द्वारा तपाईंको इच्छा एवं सुख–दुःखको ख्याल गरिनेछ । कुनै नयाँ काममा संलग्न हुने अवसर जुट्न सक्छ । साथीसंगीहरूसित रमाइलो जमघट होला । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ । रिस गर्ने व्यक्तिहरू पनि तपार्इंको खुलेर प्रशंसा गर्न थाल्नेछन् । स्वास्थ्य एवं खानपिनका मामिलामा सचेत रहनुपर्नेछ । 

तुला

आफ्नो व्यक्तिगत रुचि एवं खुसीका लागि केही समय निस्कनेछ । पराक्रम बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ । पारिवारिक वातावरण सुखमय रहनेछ । समस्याहरू समाधान हुनुका साथै मनमा भएको चिन्ता हटेर जानेछ । साथीसंगीहरूसित कतै घुमघाम गर्ने मौका जुट्नसक्छ । प्रतिस्पर्धात्मक कार्यमा सफलता हात पर्नेछ । श्रीमान्सित स–साना कुरामा वैचारिक मतभेद भए पनि माया–प्रीति भने यथावतै रहनेछ । 

वृश्चिक           

बिरामी हुने सम्भावना भएकाले स्वास्थ्यको विशेष ख्याल राख्नुहोला । पारिवारिक खुसी बढ्नेछ । आफन्त एवं इष्टमित्रहरूसित भेटघाट हुनेछ । साथीहरूसित रमाइलो घुमघाम हुनसक्छ । आर्थिक एवं व्यावसायिक क्षेत्र सुदृढ रहनेछन् । घरमा कसैको आगमन हुनसक्छ । नयाँ साथी बनाउने अवसर जुट्नेछ । प्रतिस्पर्धीहरूले तपार्इंको रिस गर्नसक्छन् । आफ्नो गोपनीयतामा अडिग रहनुहोला । 

धनु    

दाम्पत्य जीवन सुखमय रहनेछ । परिवारबाट अपेक्षित सहयोग एवं सद्भाव प्राप्त हुनेछ । पारिवारिक खुसीका निम्ति केही खर्च हुनेछ । प्रायः सबै कार्य आफ्नै निगरानीमा सम्पन्न हुनेछन् । अभिभावकहरूलाई आफूभन्दा टाढा भएका छोराछोरीको चिन्ता लाग्नसक्छ । काम गर्दागर्दै अचानक तनाव उत्पन्न हुनसक्छ । धैर्यधारण गर्दै सकारात्मक रहने प्रयास गर्नुहोला । व्यवहारिक काम गर्दा वा बोल्दा सतर्क रहनुपर्ने समय छ । 

मकर            

व्यक्तिगत काममा सफलता हात पर्नेछ । विशेष कामले कतै यात्रा हुनसक्छ । दाम्पत्य जीवन सुमधुर रहनेछ । परिवारका सदस्यहरूले तपाईंको इच्छा एवं खुसीको ख्याल गर्दै कार्य गर्नेछन् । शारीरिक एवं मानसिक रूपले शरीर स्वस्थ रहला । काम गर्ने जाँगर बढ्नेछ । पारिवारिक घुमघाम हुनसक्छ । आफ््नो इच्छाअनुसार समय बिताउने मौका मिल्नेछ । अपेक्षाअनुरूप कार्य सम्पन्न हुँदा मन प्रसन्न हुनेछ । 

कुम्भ

विभिन्न कुराको जिम्मेवारीले व्यस्त बनाउला । आफ्नै प्रभुत्वमा कार्य सम्पन्न गर्न पाउँदा केही राहत मिल्नेछ । श्रीमान्बाट तपाईंको सुख–दुःखको राम्रो ख्याल गरिनेछ । पारिवारिक वातावरण सुखमय रहनेछ । काममा निकै खट्नुपर्दा टाउको दुख्न सक्छ । आफ्नो खुसी र आरामका लागि पनि केही समय छुट्याउनुहोला । सरसामान छुट्नसक्ने भएकाले कतै जाँदा वा यात्रा गर्दा आफ्नो मालसामानमा ध्यान पुर्‍याउनुपर्नेछ ।

मीन

प्रतिद्वन्द्वीहरूले दुःख दिने प्रयास गर्न सक्छन् । विभिन्न काममा सहभागी हुनुपर्दा धपेडी हुनसक्छ । आफ्नो व्यक्तिगत खुसी एवं स्वास्थ्यका लागि केही समय छुट्याउनुहोला । पेट तथा मुटुका बिरामीहरूले विशेष ख्याल गर्नुहोला । कामको थकानले मन अस्थिर हुनसक्छ । आफ्नो जोडीले गरेको सहयोग चित्त नबुझ्न सक्छ । आफूलाई मनमा लागेको कुरा कसैको मन नदुख्ने गरी प्रस्ट भन्न सके मन हलुंगो हुनेछ ।

http://bit.ly/2JbszKA

काममा सफलता मिल्दै जानेछ । सबैले तपार्इंको इच्छाबमोजिम सहयोग गर्नेछन् । मनमा सन्तोष छाउनेछ । बोलीको प्रभाव बढ्नेछ । दाम्पत्य जीवनमा माया एवं समझदारी कायम रहनेछ । माइती–मावलीसित भेटघाट गर्ने अवसर जुट्नेछ । छोराछोरीबाट सुख मिल्नेछ । साथीसंगीसित रमाइलो जमघट हुनसक्छ । 

http://bit.ly/2JbszKA

Leave a Reply

shares