आजको राशिफल २०७५ साल चैत ०४ गते सोमबार नेपाल सम्बत ११३९ सन् २०१९ फेब्रुवरी १८ तारिक।

Sharing is caring!

चैत ०४

काठमाडौँ ,राशिफलमा जे जस्तो लेखे पनि स्वस्थ रहनुहोस, मस्त रहनुहोस, खुसि रहनुहोस र मेहेनत गर्नुहोस भाग्य तपाइको हातमा हुने छ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ : राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। मिहिनेत गर्दा जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर जुट्नेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो: काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। अरूको सुझावमा भर नपर्नुहोला। ईर्ष्या गर्नेहरूले सताए पनि परिस्थितिले आफ्नै पक्ष लिनेछ। प्रतिस्पर्धा गर्नेहरूले हार खानेछन् भने आस मारेको कामले उत्साह जगाउनेछ। प्रारम्भ संघर्षपूर्ण रहे पनि अन्तिम नतिजा राम्रो हुनेछ। सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह : स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। समस्याले परिस्थितिसँग जुध्न सिकाउनेछ। काममा श्रम अनुसारको मूल्य प्राप्त हुनेछ। जिम्मेवारी थपिए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो : अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ। आक्षेप लगाउनेहरूले दु:ख देलान्। परिस्थिति अनुकूल रहे पनि जीवनशैली व्यस्त रहला। निम्तो आए पनि आतिथ्य खर्चिलो बन्न सक्छ। बोली–व्यवहारमा संयम रहँदै शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। सुखदुःखमा साथ दिनेहरू थोरै हुनेछन्।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे : परिस्थितिसँग सम्झौता गर्नुपरे पनि लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। शत्रुभाव राख्नेहरू स्वयं कमजोर हुनेछन्। मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो : बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। ईर्ष्या गर्नेहरूले आफ्ना सामानमा दाबी गर्न सक्छन्। फाइदाका लागि गोपनीयतामा ध्यान पुर्याउनुहोला। अध्ययनमा गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा फाइदा हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते : काम बिग्रने डरले सताउनेछ भने बेसुरमा वचन दिनाले दुःख पाइनेछ। पशु र कृषिबाट सोचेको लाभ नउठ्न सक्छ। अरूको फाइदाका लागि उपयोग भइएला। साथीभाइले साथ नदिन सक्छन्। पशुधन र जमिनबाट पनि थोरै फाइदा हुन सक्छ। काममा आमाको मार्गदर्शन लाभदायक रहनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु : व्यवसायमा राम्रै फड्को मार्न सकिनेछ। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। अवरोध हट्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुने समय छ। मिहिनेतले जीवनशैलीमा राम्रै परिवर्तन ल्याउन सक्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे : मिहिनेत परे पनि चिताएको मूल्य प्राप्त नहुन सक्छ। ईर्ष्या गर्नेहरूले सताउनेछन् भने पहिलेकै काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ। हल्लाको भर पर्दा दु:ख पाइनेछ। अर्थ अभावले सताउन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने स्थिति आउन सक्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि : विभिन्न अवसर आए पनि काममा पछि परिनेछ। मनमा द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति टिप्पणी गर्नेछन्। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द : आफ्नै बेहोसीले नोक्सान पुर्याउला। बनिसकेको काम बिग्रनाले दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। बलजफ्तीले पछिसम्म बाधा पुर्याउनेछ। घरखर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। होसियारीसाथ काममा जुट्नुहोला। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि : मिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। आँटले काम सम्पादन हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। 

Leave a Reply

shares