काठमाडौँका पोल्टीफार्ममा बर्डफ्लु पुष्टि दुई फार्मबाट २८ हजार कुखुरा नष्ट गरियो

Sharing is caring!

चैत ०४

काठमाडौँ, काठमाडौँको ताकेश्वरका दुई कुखुरा पोल्ट्रीफार्ममा बर्डफ्लु भएको पुष्टि भएको छ । तारकेश्वर–७ स्थित बस्नेत टोलका श्यामसन्दुर बस्नेतको सागर पोल्ट्रीफार्म र श्यामकुमार बस्नेतको आकाश पोल्ट्रीफार्मका कुखरामा बर्डफ्लु भएको पुष्टि भएपछि २८ हजार कुखुरा नष्ट गरिएको नगर पशुशाखा प्रमुख डा जयप्रकाश राय यादवले जानकारी दिनुभयो ।

बर्डफ्लु फैलन नदिन साे क्षेत्रमा उच्च सतर्कता अपनाइएकाे डा यादवकाे भनाइ छ । प्रभावित क्षेत्रमा रहेका पोल्ट्रीफार्मका कुखुरा नष्ट गर्ने काम भइरहेको र अन्य पोल्ट्रीफार्मका कुखुरामा पनि बर्डफ्लुको लक्षण देखिन थालेकाले परीक्षणका लागि पठाइसकिएको उनले जानकारी दिए । संक्रमण देखिएकाे निश्चित क्षेत्रभित्रका सबै नष्ट गरी खाडलमा पुरिएकोे र खाली रहेका कुखुरा खोरलाई पनि निःसङ्क्रमण गरिएको जनाइएकाे छ

अन्य पोल्ट्रीफार्मका कुखुरामा पनि बर्डफ्लुको लक्षण देखिन थालेकाले परीक्षणका लागि पठाइसकिएको बताइएको छ । प्रमुख यादवका अनुसार चार किल्लाभित्रका पक्षी नष्ट गरी खाडलमा पुरिएको छ । खाली रहेका खोरलाई पनि निःसङ्क्रमण गरिएको छ ।

Leave a Reply

shares