आजको राशिफल २०७५ साल चैत ०५ गते मंगलबार नेपाल सम्बत ११३९ सन् २०१९ फेब्रुवरी १९ तारिक।

Sharing is caring!

चैत ०५

काठमाडौँ ,राशिफलमा जे जस्तो लेखे पनि स्वस्थ रहनुहोस, मस्त रहनुहोस, खुसि रहनुहोस र मेहेनत गर्नुहोस भाग्य तपाइको हातमा हुने छ।

आफन्त तथा सन्तानले प्रगति गर्ने हुँदा मन प्रशन्न हुँनेछ । माया प्रेममा देखिएका तित्तताहरुलाई हटाउँदै बिश्वासको बाताबरण सिर्जना हुँनेछ । व्यापार व्यावसायमा लगानि गरि मनग्गे आम्दानि हुनेछ । बौद्धिकताको प्रतिष्पर्धामा तपाईको नाम अग्र स्थानमा आउँनेछ । नाँफा मुलक व्यावसाय भन्दा सेवा मुलक व्यावसाय फस्टाएर जानेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तीको गतिलो योग रहेकोछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –

खानपानमा ध्यान दिनुहोला छाति तथा श्वासप्रश्वास सम्बन्धि समस्या आउँन सक्छ । घर जग्गा तथा पशुपालन व्यावसायमा समय खर्चने हरुले मनग्गे आम्दानि गर्न सक्नेछन् । समयमा काम नसकिने हुँनाले मान सम्मानमा कमिको महशुस हुनेछ । माया प्रेममामा एक अर्काबिच केहि समयको लागि टाडिनु पर्ने बाध्यात्मक परिस्थितिको सिर्जना हुनेछ । राजनिति तथा समाजसेवामा जनतासँग सन्तुलित व्यावहार गर्नुहोला खासै समर्

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) –

जिवन शैलिमा सुधार हुँनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुनेछ । दाजुभाई तथा छिमेकिसँग गरिने व्यावसाय फस्टाएर जाने हुँनाले प्रशस्त नाफा कमाउँन सकिनेछ भने अरुलाई प्रभाबित पारेर सजिलै काम लिन सकिनेछ । बादबिवाद तथा प्रतिस्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराएर अगाडि बढ्न सकिनेछ । अन्धबिश्वास तथा कुसस्कारको बिरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईको लेखन कलाले महत्वपुर्ण भमिका निर्बाह गर्नेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)

बोलिको माहोलमा दिन बित्ने तथा आथित्यको रुपमा सत्कार पाईने योग रहेकोछ । समयमा काम बन्नाले आय आर्जन बढ्ने तथा सापटि लगिएका रकमहरु फिर्ता हुनेछन् । व्यापारमा लगानि गरि आम्दानि बढाउँने समय रहेकोछ । आफन्त तथा घर परिवारका मानिसबाट सहयोग पाईने हुँनाले मन प्रशन्न रहनेछ । माया प्रेममा रमाउँन चाहनेहरुलाई समयले साथ दिनेछ । पढाई लेखाईमा तपाईको नाम अग्र स्थानमा आउँने हुँनाले थप हौसला बढ्नेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) –

व्यापार तथा समाजसेवाको क्षेत्रमा जनताको मन जिति काम गर्न सकिने हुँनाले पछिको लागि पद प्राप्ति हुँने योग रहकोछ । भौतिक तथा बिलाशि बस्तुको प्रयोग मार्फत अरुको मन आफुतिर तान्न सकिनेछ भने पारिवारिक माहोलमा जमघट भई मिष्टान्न भोजनका साथ समय ब्यातित गर्न सकिने समय रहेकोछ । प्रेम प्रशङमा रमाउँन चाहनेहरुका लागि समयले साथ दिने हुँनाले मन प्रशन्न हुनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) –

माया प्रेममा एक अर्कालाई बिश्वास गर्न नसक्दा केहि समयको लागि टाडिनु पर्नेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । अनाबस्यक खर्च बढ्नुको साथै आर्थिक व्यावस्थापन गर्न गाह्रो पर्नेछ । खर्च भावमा गोचर गर्ने चन्द्रमाले स्वास्थ्यमा समस्या बढाउनेछ भने औषधि उपाचार खर्च बढेर जानेछ भने खानपानमा ध्यान नदिदा पनि स्वास्थ्यमा समस्या देखिन सक्छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) –

बिद्यामा अरुलाई पछि पारेर अगाडि बड्ने समय रहेको छ । माया प्रेमको बन्धन कसिलो हुँनुको साथै दाम्पत्य जिबन सुखि रहनेछ । ईच्छित चाहानाहरु पुरा हुनेछन् भने सवारि साधन प्राप्तिको योग रहेको छ । आम्दानिका स्रोतहरु फराकिला हुनेछन् भने व्यापार व्यावसायबाट प्रशस्त लाभ लिन सकिनेछ । प्राकृतिक स्रोतको साधन जस्तै खनिज पदार्थ,धातु तथा पानिसँग सम्बन्धित बस्तुहरुको कारोबारबाट प्रसस्त फाईदा हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) –

नयाँ काम पाउँने तथा नोकरिमा पदोन्नतिको प्रसस्त सम्भावना रहेकोछ । चुनौतिहरुको सामना गर्दै लगनशिल भएका काम गर्दा सफलता चुम्न सकिनेछ । अध्ययन अध्यापनमा प्रतिष्पर्धिहरुलाई किनारा लगाउँदै अग्र नतिजा हात पार्न सकिनेछ भने प्रणय सम्बन्धमा एक अर्कालाई बिश्वास गर्दै अगाडि बढ्न सकिनेछ । बुवा वा बुवा सरहका मानिसबाट सहयोग हुनेछ भने पैत्रिक सम्पतिको प्रयोग तथा परिचालन मार्फत मनग्गे धन सम्पति कमाउँन सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) –

आफन्त तथा घर परिवारका मानिस सँग रमाईलो जमघटमा सामेल हुँन पाईनेछ भने मिठा मिठा परिकारका साथ रमाईलो गर्दै दिनलाई रङगिन बनाउँन सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जानेछ भने एक अर्काका राय सल्लाह मान्दै अगाडि बढ्न सक्दा गन्तब्य पहिल्याउँन सहज हुनेछ । समाजमा जनतासँग सँगै रहेर गरिने कामहरु समयमा सम्पादन हुँदा मान सम्मान प्राप्त हुनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) –

अवसर आएपनि अवसरहरु पहिचान गर्न नसक्दा कामहरु अरुकै पोल्टोमा पर्नेछ । आफ्नो भन्दा पनि अरुकै बारेमा चोसो लिने बानिले समस्या निम्त्याउन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदि बहिनीहरु सँगको सम्बन्धमा चिसोपनको सुरुवात हुनेछ । व्यापार व्यावसायमा समय लगानि गरे अनुशार प्रतिफल प्राप्त नहुदा चाहेजस्तो उपलब्धि हुने छैन । भौतिक सम्पति तथा स्थाई सम्पतिको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) –

माया प्रेममा एक अर्कालाई अबिश्वास बढ्ने तथा जीवन साथि सँग साना साना कुरामा राय बाजिनेछ । आए आर्जनका बाटाहरु साघुरा हुनेछन् भने व्यापार व्यावसायमा मन्दि आउनेछ । व्यावसायिक यात्रा हुने भएपनि यात्राका क्रममा बिभिन्न बाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ । बिलाशि तथा भौतिक सम्पति प्रयोग गर्दा ख्याल गर्नहोला नराम्रा घट्नाहरु घट्न सक्छ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) –

आम्दानि भन्दा खर्च कम हुँने हुँदा आर्थिक क्षेत्र बलियो हुनेछ । पुराना समस्या आफै हल भएर जानेछ भने ऋण रोगबाट छुटकरा पाईनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्ने हुँदा आफन्त तथा गुरुवर्गहरु खुसि राख्न सकिनेछ । माया प्रेमका कोपिलाहरु फक्रियर जानेछन् भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउँनेछ ।

Leave a Reply

shares