नेपालले श्रीलंकालाई ४–० गोलले पराजित गर्दै फाइनलमा प्रवेश गर्यो ।

Sharing is caring!

चैत ०६

काठमाडौं, नेपाल साफ च्याम्पियनसिप महिला फुटबलको फाइनलमा प्रवेश गरेको छ । विराटनगरको शहिद रंगशालामा बुधबार नेपालले श्रीलंकालाई ४–० गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ ।

७३ औ मिनेटमा अनिता बस्नेतले गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । ८३ आंै मिनेटमा सवित्रा भण्डारीले गोल गर्दै नेपाललाई जित नजिक पुर्याएकी थिइन् । ८६ औं मिनेटमा रेखाले गोलगर्दै टोलीलाई सहज जित दिलाइन् ।  रेखाको यो राष्ट्रिय टोलीबाट डेब्यु गोल हो ।

नेपालले रक्षात्मक रणनिति अपनाएको श्रीलंकाविरुद्ध ४२ औं मिनेटमा खाता खोलेको थियो । पुजन मगरले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । सावित्रा भण्डारीको हेड बलमा पुनमले गोल गरिन् । अब उपाधिका लागि नेपालले फाइनलमा भारत र बंगलादेशबीचको बिजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

Leave a Reply

shares