अब अष्ट्रेलियाको पीआर पाउन ग्रामीण क्षेत्रमा तीन वर्ष अनिबार्य काम गर्नुपर्ने।

Sharing is caring!

चैत ०७

काठमाडौँ ,अब अष्ट्रेलियाको पीआर पाउन ग्रामीण क्षेत्रमा तीन वर्ष अनिबार्य काम गर्नुपर्ने नया निति अष्ट्रेलियाले ल्याएको छ। अष्ट्रेलियाका प्रधानमन्त्री बुधबार मरिसनले घोषणा गरेको नयाँ नीति अनुसार हरेक वर्ष अष्ट्रेलिया आउने आप्रवासीहरुको संख्यामा १ लाख ९० हजारबाट झारेर करिब १ लाख ६० हजार सम्म पुर्‍याइने स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

खास गरी यहाँका २ ठूला शहर सिड्नी र मेलबर्नकाे चाप कम गर्न याे नीति ल्याइएकाे बताइन्छ । अष्ट्रेलियमा आप्रवासीहरुको बढ्दो जनसंख्यालाई व्यवस्थापन गर्ने उद्देश्यले नयाँ आप्रवासी नीति ल्याएका छन् ।

नयाँ नीतिअनुसार अष्ट्रेलियामा अध्ययन गर्न आउने अन्तर्राष्टिय विद्यार्थीहरुले यहाँका ग्रामीण क्षेत्रका विश्व विद्यालयहरुमा अध्ययन गरेको खण्डमा एक वर्ष पोस्ट स्टडी वर्क भिसा अनुदान स्वरुप पाउनेछन् ।हालसम्म स्नातक गरेका अन्तर्राष्टिय विद्यार्थीहरुले पढाइ सकेपछि दुई वर्ष मात्र पोस्ट स्टडी भिसा पाउँथे ।

अष्ट्रेलियाका शहरहरुमा आप्रवासीहरुको संख्यामा आएको वृद्धिका कारण मुख्य शहरका सडकहरुमा बढ्दो जाम र आफ्ना नागरिकहरुले समेत जागिर नपाएको आलोचना खेपिरहेको बेला मरिसनले यस्तो नीति अगाडि सारेका हुन् ।

Leave a Reply

shares