नेपाल र कुवेत सग १९ वर्षपछि एएफसी एशिया कप खेल्दै।

Sharing is caring!

चैत ०७

काठमाडौँ ,नेपाल र कुवेत १९ वर्षपछि एएफसी एशिया कप खेल्दै छ। यसअघि सन् २००० मा भएको एएफसी एशिया कपका दौरान नेपालले कुवेतसँग खेल्दा पाँच शून्यले हार ब्यहोरेको थियो । तर त्यसपछि कुवेतको टिममा निकै हेरफेर भइसकेको छ । कुवेतमा हुने खेल स्थानीय समय अनुसार साढे ६ बजेदेखि सुरु हुनेछ ।

नेपाली खेलाडीले अन्तर्राष्ट्रिय स्तरमा पहिलो गोल गरेको पनि कुवेतविरुद्ध नै हो । सन् १९८२ मा वाइबी घलेले कुवेतविरुद्धको गोल नै नेपालको पहिलो गोल हो । त्यसपछि नेपालले कुवेतविरुद्ध गोल गर्न सकेको छैन ।

कुवेत फुटबल संघ तीन पटक फिफाको निलम्बनमा परिसकेको छ भने टिममा युवा भन्दा पनि अनुवभी र नेपाल भन्दा तलुनात्मक रुपमा पाका खेलाडीको बाहुल्यता धेरै रहेको छ । त्यसैले पनि नेपाली टिमका कप्तान विराट महर्जन पनि टिमलाई जित्नेमा विश्वस्त रहेको बताउँछन् ।

कुवेतमा भएको प्रिम्याच कन्फ्रेन्समा प्रशिक्षक योहान कालिनले आफ्नो टिम जित्नका लागि कुवेत आएको बताएका छन् । यसै खेलबाट नेपाली फुटबल टिमको प्रशिक्षणको औपचारिक यात्रा सुरु गर्ने कालिनले कुवेत टिम राम्रो रहेको भए पनि आफू टिमका बारेमा पूर्ण रुपमा जानकार नभएको बताए ।उनले नेपाली टिममा यसपटक युवा खेलाडीको बाहुल्यता रहेकाले पनि टिममा परीक्षणकालमा जस्तै रहेको बताए । उनले राष्ट्रिय टिमका मुख्य ६ खेलाडी यू २३ प्रतियोगिताका लागि कतारमा गएकाले पनि टिमलाई दबाब हुने उनले बताए । तर पनि आफ्नो टिमले राम्रो खेलेर कुवेतलाई चुनौती दिने उनले बताए ।

Leave a Reply

shares