नेपाल र कुबेतको मैत्रीपूर्ण खेल बराबरीमा रोकियो।

Sharing is caring!

चैत ०८

काठमाडौँ ,कुवेतविरुद्धको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले घरेलु टिम कुवेतलाई बराबरीमा राेकेको छ । कुवेतले नेपाली पोस्टमा २ दर्जनबढी प्रहार गरे पनि सबै प्रहार किरन र डिफेन्सले किलियर गरिदिएको थियो ।

कुवेतमा अलसबाब स्टेडियममा भएको खेलमा नेपाली गोल किपर किरन चेम्जोङले उत्कृष्ट प्रदर्शन गरे पछि कुवेत गोल गर्नबाट चुकेको हो । ६५ औं मिनेटमा नेपाली खेलाडीले डी बक्समा फल गरेपछि पाएको पेनाल्टी कुवेती खेलाडीले पोस्ट माथि प्रहार गरेका थिए । आजको खेलमा नेपाली किपर किरन एक्लै हावी देखिएका थिए ।

खेलको अन्त्यतिर नेपाली खेलाडीले दुई वटा राम्रो मौका पाउँदा पनि गोल गर्न असफल भए । कुवेतका प्रशिक्षक रोमियो जोजाकले पनि नेपाली टिमको प्रदर्शनको तारिफ गरे । उनले नेपाली डिफेन्सले उत्कृष्ट खेलेको बताए ।

Leave a Reply

shares