१० महिनादेखि बन्द रहेको मलेसियाको रोजगारी खुल्यो।

Sharing is caring!

चैत १८

काठमाडौँ ,बैदेशिक रोजगारीको लागि नेपालीहरुको पहिलो गन्तब्य मलेसियाको विगत १० महिनादेखि बन्द रहेको मलेसिया रोजगारी सोमबार देखि खुलेको छ । पहिलो चरणमा कलिङ भिषा आएका कामदारहरुको लागि मात्र श्रम स्वीकृति खुला गरिन लागेको हो ।भोलिबाट कलिङ भिषा आइसकेकाहरुको लागि नेपाल बैदेशिक रोजगार व्यवसायी संघको सहजीकरणमा बैदेशिक रोजगार विभागले आवश्यक प्रक्रिया शुरु गर्नेगरि पत्र प्राप्त भएको संघका महासचिव नरेश गेलानले साझा सबाललाई जानकारी दिए । प्रक्रिया पुगेकाहरुले संघको सहजीकरणमा विभाग मार्फत सोझै श्रम स्वीकृति लिन सकिने व्यवस्था भएको गेलानले बताए ।

प्रक्रिया नपुगेकाहरुले संघको सहजिकरणमा गत कार्तिक १२ गते नेपाल र मलेसिया बीच भएको कामदार आदन प्रदान र फिर्ती सम्बन्धी श्रम समझदारीको मर्म र भावना विपरीत नहुनेगरी आवश्यक प्रक्रिया शुरु गर्न सक्ने उनले बताए ।

केही समयअघि वैदेशिक रोजगार विभागले मलेसियाका लागि म्यानपावर कम्पनीमार्फत कलिङ भिषा प्राप्त गरेका सबै कामदारको विवरण माग गरेको थियो । सो क्रममा कलिङ भिषा प्राप्त गर्ने कामदार ९ हजारभन्दा बढी रहेको बताइएको थियो । तर अहिले भने कलिङ भिषा आएका कामदारहरुको संख्या करिव ७ हजारको हाराहारीमा रहेको अनुमान गरिएको महासचिवले जानकारी दिए।

यस अघि बुधबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले कलिङ भिषा आएकाहरुको लागि श्रम स्वीकृति दिन तयार भएको भन्दै आवश्यक सहजीकरण गरिदिन व्यवसायी सघलाई आग्रह गरेका थिए। साथै नयाँ प्रक्रिया अनुरुप मलेसिया जानको लागि भने अझै केहि समय लाग्ने श्रम मन्त्रालयले जनाएको छ ।श्रोत ;साझा सवाल

Leave a Reply

shares