आपत्कालिन औषधी र चिकित्सकहरु बोकेको हेलिकोप्टर दुर्घटना हुदा ५ को मृतु

Sharing is caring!

चैत २१

आबुदाबि ,आपत्कालिन औषधी र चिकित्सकहरु बोकेको हेलिकोप्टर दुर्घटना हुदा पाँच जनाको मृत्यु भएको छ । यो हेलिकोप्टर इरानको दक्षिणपश्चिमी ग्रामिण क्षेत्रमा दुर्घटना भएको हो । हेलिकोप्टरमा सवार सवै ५ जनाको मृत्यु भएको अधिकारीहरुले पुष्टी गरेका छन् ।

आपत्कालिन सेवाको आवश्यकता परेकी २६ बर्षिया गर्भवती महिलाको ज्यान जोगाउनका लागि गएको हेलिकोप्टर आफै दुर्घटनामा परेको हो।” आपत्तकालिन सेवा प्रमुख पिर होसैन कुलिभान्डले भन्नुभयो ।
चालक दलका तीन जना र सहयोगी दुई जना गरी पाँच जनाको दुर्घटनामा परी मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

पहाडी क्षेत्रमा रहेको ट्रन्समिसन टावरमा ठोक्कीएर होलिकोप्टर दुर्घघना भएको राज्यद्धारा सञ्चालित समाचार संस्था इर्नाले जनाएको छ । अहिले दुर्घटना भएको क्षेत्रमा यसअघि पनि दुर्घटना भएको अधिकारीहरुले बताएका छन् । एजेन्सी

Leave a Reply

shares