आजको राशिफल २०७५ साल चैत २५ गते सोमवार नेपाल सम्बत ११३९ सन् २०१९ अप्रिल ८ तारिक।

Sharing is caring!

चैत २५

इटहरी ,राशिफलमा जे जस्तो लेखे पनि स्वस्थ रहनुहोस, मस्त रहनुहोस, खुसि रहनुहोस र मेहेनत गर्नुहोस भाग्य तपाइको हातमा हुने छ ।

मेषः– अनावस्यक खर्चमा नियन्त्रण आउनेछ । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ । अवरुद्ध काम अगाडि बढ्नेछ । विगतमा रोकिएका धेरै अधुरा काम सम्पादन हुनेछन् । संकल्प पुरा गर्न सकिनेछ । व्यापर व्यवसायबाट आम्दानी बढ्नेछ । स्वास्थ्य अनुकुल रहनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । पारिवारिक समस्या समाधान भएर जानेछन् । इज्जत प्रतिष्ठा बढ्नेछ ।

वृषः– अनावस्यक खर्च बढ्नेछ । काममा विभिन्न खालका समस्या आउने देखिन्छ । झुट्टा कुराले सताउनेछ । नयाँ योजना अगाडि नबढाउनु होला । मिथ्या आरोप लाग्न सक्छ । शेष साता भने उत्तम रहेकोछ । उद्योग,पराक्रम बढ्नेछ । प्रयत्न गरेमा नयाँ काम हात पर्नेछ । फलदायी यात्राको योग देखिन्छ । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ ।

मिथुनः– रविबार र सोमवार आम्दानीका दृष्टिले महत्वपूर्ण रहने छन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । सोमबार साँझबाट बुधबार सम्मको समय प्रतिकुल हुनसक्छ । खर्च अत्याधिक हुने देखिन्छ । व्यापार व्यवसायमा अवनति हुनेछ । अन्या दिन भने सुखद रहने छन् । रोकिएका काम अगाडि बढ्ने छन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । साताको अन्तिम दिन स्वास्थ्यमा समस्या आउन सक्ने प्रवल सम्भावना देखिन्छ । आर्थिक पक्ष दूर्वल हुदा कार्य योजना अगाडि बढाउन सकिने छैन । आफन्तले धोका दिने छन् ।

कर्कटः– बुधबार सम्म समयले पूर्ण साथ दिनेछ । प्रयत्न गर्दा धेरै ठाँउमा सफलता मिल्नेछ । सामाजिक उत्तरदायित्व बढ्नेछ । अधुरा कार्य फस्र्योट हुनेछन् । आयत निर्यात व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ । उप्रान्त शुक्रबार सम्म समय प्रतिकुल बन्नेछ । मानसिक चिन्ता बढ्नेछ । आफ्नै कारण काममा विलम्व हुनेछ । झुट्टा आरोप लाग्न सक्छ । फजुल खर्च वृद्धिले आर्थिक संकट पर्नेछ । व्यापारमा अवनति हुनेछ ।

सिंहः– खर्च बढ्नेछ । साताका अन्य दिन भने शुभ रहेका छन् । सामान्य प्रयासबाट धेरै काम बन्ने छन् । व्यापार व्यवसायबाट मनग्य धन हात लाग्नेछ । नयाँ कार्य योजना अगाडि बढ्नेछन् । यात्राको अवसर आउनेछ । सहयोगी हात भेटिने छन् । अध्ययन अध्यापन कार्यमा प्रगति हुनेछ । घर परिवार आफन्तबाट सहयोग सहानुभूति सुझाव सल्लाह मिल्नेछ ।

कन्याः– काम काजमा विलम्ब हुनेछ । बन्न लागेका काम विग्रिने छन् । भरोसा टुट्नेछ भने विश्वास गरेकाले धोका दिने छन् । शेष साता भने उत्तम देखिन्छ । कामलाई स्थायित्व दिएर अगाडि बढ्नु होला । सहयोगी मित्रहरु भेटिने छन् । साताको मध्यतिर नयाँ रोकिएका काम फस्र्योट हुनेछन् । नयाँ काम हात पर्न सक्छ । साताको अन्तिम दिन व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

तुलाः– उपलब्धि पूर्ण कामहरु हुनेछन् । प्रयत्न गरेमा नयाँ काम हात लाग्नेछ । दामपत्य जीवनमा सुखानूभूति हुनेछ । विदेश यात्राको योग देखिन्छ । मुद्धमा मामिलामा विजय हात लाग्नेछ । उप्रान्त वुधवारसम्म समय प्रतिकुल बन्नेछ । अहार विहारका कारण स्वास्थ्यमा समस्या आउनेछ । लगानी अनुसारको प्रतिफल मिल्ने छैन । विभिन्न खालका समस्यसँग भिड्नु पर्नेछ । सहयोग गर्ने भन्दा खुट्टो तान्ने बढि हुनेछन् ।

वृश्चिकः– विरोधीको बक्रदृष्टि पर्ने हुदा गोपनियता अप्नाउनु होला । काममा विवाद नगरि अगाडि बढ्नु होला । मंगलबार र बुधबार प्रयत्न गर्दा नयाँ काम हात लाग्नेछ । विदेश यात्राको योग देखिन्छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । पारिवारिक सुख शान्ति मिल्नेछ । महत्वकाँक्षी योजना अगाडि बढ्ने छन् । शेष साता भने आफ्नो अनुकुल नरहन सक्छ । नयाँ काममा हात नहाल्नु होला । व्यापारमा घाटा एवं शारीरिक पीडा हुनेछ ।

धनुः– अलमलमा नपरि काम गर्नु होला । बाह्य कुरामा ध्यान नदिनु होला । आफ्ना कामलाई निरन्तरता दिनु होला । आर्थिक कारोवारमा सचेत रहनु होला । आफन्त भए पनि आन्तरिक कुरा नखोल्नु होला । शुरु र अन्त्य त्यति अनुकुल देखिदैन । मंगलवार र वुधवार बढि संघर्ष गर्नु पर्नेछ । विहिबार र शुक्रबार महत्वपूर्ण काम हुनेछन् । कार्य लगनसिलता बढ्नेछ । गरेका कामले फाइदा हुनेछ ।

मकरः– काम गर्दा बढि अलमल हुनेछ । पढाई लेखाईमा अवरोध आउनेछ । कामको स्पष्ट रेखा कोर्न सकिने छैन । विहिबारबाट समयमा क्रमिक सुधार आउनेछ । कार्य गोपनियता अप्नाई लगनशिल भई गरेका काम सफल हुनेछन् । मुद्धा मामिलामा जीत हुनेछ । नोकरी तथा राजनीतिमा नयाँ भूमिका निर्वाहा गर्नु पर्ला । शनिबार उत्सवहरुमा सहभागि हुने अवसर प्राप्त हुनेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ ।

कुम्भः– गरेका कामबाट उपलब्धि हात लाग्नेछ । मंगलबार र बुधबार घरयासी खर्च बढ्नेछ । काम गर्ने जोश जागर घट्नेछ । विहिबार र शुक्रबार काम गर्दा बढि अलमल हुनसक्छ । समयको महत्व बुझेर योजना बनाएर अगाडि बढ्नु होला । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । आफन्तबाट खासै सहयोग मिल्ने छैन । पढाई लेखाईमा ध्यान जाने छैन । कहि कतैबाट आस्था र विश्वासमा चोट पुग्न सक्छ । खर्चालु र कष्टपूर्ण यात्रा हुनसक्छ ।

मिनः–मिश्रित फलदायी साता देखिन्छ । बुधबारसम्म समयले साथ दिनेछ । काम गर्दा मनग्य दाम कमाउन सकिनेछ । आफन्तको सहयोग मिल्नेछ । पुराना अधिकाँश काम फस्र्योट हुनेछन् । विहिबारबाट समय त्यति राम्रो देखिन्न । घर परिवारमा विवाद बढ्न सक्छ । काम गर्दा विभिन्न खालका दुख,कष्ट झेल्नु पर्नेछ । काम गरेर फाइदा लिन सकिने छैन । खानपान नमिल्दा स्वास्थ्यमा समस्या आउन सक्छ । व्यापारमा गिरावट आउनेछ । 

Leave a Reply

shares