आजको राशिफल २०७६ साल बैसाख ०२ गते सोमवार नेपाल सम्बत ११३९ सन् २०१९ अप्रिल १५ तारिक।

Sharing is caring!

बैसाख ०२

काठमाडौँ ,राशिफलमा जे जस्तो लेखे पनि स्वस्थ रहनुहोस, मस्त रहनुहोस, खुसि रहनुहोस र मेहेनत गर्नुहोस भाग्य तपाइको हातमा हुने छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । मनमा सहयोग भाव आउँला । बैदेशिक कार्य अघि बढ्ने छ । धन प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) 
धनार्जनका स्रोतहरू पत्ता लाग्नेछन् । बित्तीय संस्थाबाट सहयोग पाइने छ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । दिनको उत्तरार्ध सुखद् रहने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
महिला वर्ग बाट विशेष सहयोग मिल्ने छ । परिश्रम गर्दा धनार्जन हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । लाभदायक यात्रा रहला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) 
विशिष्ठ व्यक्तिको साथ पाइने छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कार्यमा सफलता पाइने छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) 
सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्ने छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । विद्या र बुद्धिको विकास हुनेछ । गरेको कार्यमा सफलता मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) 
वैदेशिक क्षेत्रको काम अघि बढ्ने छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । विद्यामा सफलता पाइने छ । प्रेममा मधुरता छाउने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) 
मनमा दुविधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । आर्थिक कारोवारमा मन्दी आउने छ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
लाभ, हानी, आय, व्यय, सुख, दुःख बराबरी मध्यम खालको दिनछ । ठूलो करोबारमा लगानी नगर्दा वेश हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) 
महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । साना तिना समस्यामा अल्झिनु पर्नेछ । स्वास्थ्यमा समस्या आउँला । अनावश्यक धन खर्च हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
मनमा शान्ति र अनुहारमा कान्ति छाउने छ । अरुलाई प्रभावित पारेर काम बन्ने छ । नसोचेको ठाउँबाट धनागमको हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) 
मनमा निरासा र शरीरमा आलस्य आउँला । मनमा अविश्वाश उत्पन्न हुनेछ । प्रेममा मनमुटाव आउँला । यात्रामा मालसामान हराउन सक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) 
आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन् । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । परिवारमा सुख सन्तोष छाउँला । नयाँ कामको थालनी हुनेछ ।

Leave a Reply

shares