केन्या देसको रंगीला बारबाट शनिबार १२ नेपाली महिलालाई पक्राउ।

Sharing is caring!

बैसाख ०२

दमाम (साउदी )केन्या देसको रंगीला बारबाट शनिबार १२ नेपाली महिलालाई पक्राउ गरेको छ । केन्या प्रहरीले केन्याको मोम्बासा काउन्टिस्थित न्यालीमा रहेको न्यू रंगीला बारबाट शनिबार १२ नेपाली महिलालाई पक्राउ गरेको केन्याको एक संचार माध्यम डेली नेसनमा उल्लेख गरिएको छ। त्यहाँको प्रहरीका अनुसार मानव तस्करीको आंशकामा बारमा छापा मारिएको थियो।

प्रहरीले छापा मार्ने क्रममा बारका मालिक असिफ अमिराली जेजेठा पनि पक्राउ परेको जनाइएको छ। प्रहरीले उनको साथबाट क्यानेडियन पासपोर्ट समेत फेला परेको तर उनी क्यानेडियन नागरिक नभएको बताएको छ। बारमा सबै नेपाली महिलाहरु मात्र रहेको र उनीहरु १ बर्स अगाडी देखि यो ठाउमा कामगर्दै आएको र नेपाल फर्कन्छु भन्दा साउले नदिएको कुरा प्रहरीको सोद्पूछ मा एक नेपाली महिलाले बताईन।

केन्या डेली नेसनका अनुसार केन्या प्रहरीले शनिबार विहान करिब ४ बजे उक्त बारमा छापा मार्ने क्रममा ती नेपाली महिलाहरुलाई पक्राउ गरिएको जानकारी बाहिर आएको छ।

Leave a Reply

shares