नेपालीहरुले म्यान्मारको पानी पर्व (थिङयान) भब्यताको साथ मनाए।

Sharing is caring!

बैसाख ०२

काठमाडौँ ,बुट्टेदार चाँदीको भाँडोबाट फूल डुबाउँदै शनिबार राजधानीमा नेपालीहरुले म्यान्मारको पानी पर्व (थिङयान) मनाए । नेपाल-म्यान्मार फ्रेन्डसीप काउन्सिलले हरेक वर्ष यो पर्व मनाउँदै आएको छ । दुई देशको नृत्य तथा गीत प्रस्तुतिसहित मनाइएको पर्वमा यसपटक नेपाली नयाँ वर्षको समेत सन्दर्भ जोडेको काउन्सिलका अध्यक्ष शंकर घिमिरेले बताए ।

यो पर्ब नेपालीहरुको होली जस्तै हो’, उनले भने, ‘म्यान्मारका नेपालीहरूले समेत मनाउने यो पर्वले दुई देशको सांस्कृतिक सम्बन्ध बलियो बनाउँदै आएको छ । यो पर्वमा चाँदीको बुट्टेदार भाँडोमा पानी राखेर, त्यसैमा बास्नादार पफ्र्युम छर्किएर जमुनाको फूलले एकअर्काको काँधमा छ्याप्ने गरिन्छ ।

काँधमा पानी छयाप्नुलाई शुद्धताको प्रतीक मानिन्छ,’ काउन्सिलका सचिव लुतली ज्ञवालीले भने । कार्यक्रममा म्यान्मारका राजदूत तिरी प्यान्ची ऊ तुन ने लिन, श्रीलंकाका राजदूत स्वर्ण परेरा, स्रष्टा युवराज नयाँघरे पनि कार्यक्रममा सहभागी थिए ।यो खबर कान्तिपुरमा छापेको छ।

Leave a Reply

shares