यु–१९ विश्वकप छनौटमा मलेसिया बिरुद्ध नेपालको शानदार जीत।

Sharing is caring!

बैसाख ०२

क्वाललम्पुर ,यु–१९ विश्वकप छनौटमा मलेसिया बिरुद्ध नेपालको शानदार जीत हात परेको छ । नेपालले मलेसियालाई ९२ रनमा समेटेको नेपालले मात्र १३ ओभरमा मात्र २ विकेट गुमाएर भेट्टायो । तर, यूएईले कतारलाई हराएका कारण नेपालको विश्वकप छनोटको सम्भावना भने कठिन देखिएको छ ।

नेपालका लागि पवन शरार्फ र कुशल मल्लले ३–३ विकेट लिए भने कमल सिंहले २ विकेट लिए । त्यस्तै सागर ढकालले १ विकेट लिए । मलेसियाका लागि इजात ड्यानियल फिक्रीले सर्वाधिक ३७ रनको योगदान दिए भने कप्तान मोहमद अमिरले १३ रन बनाए ।

नेपालले अहिले सम्म खेलेको तीन खेल मद्धे दुईमा जीत तथा एकमा हार बेहोरहेको छ ।

Leave a Reply

shares