आजको राशिफल २०७६ साल बैसाख ०३ गते मंगलवार नेपाल सम्बत ११३९ सन् २०१९ अप्रिल १६ तारिक।

Sharing is caring!

बैसाख ०३

काठमाडौँ ,राशिफलमा जे जस्तो लेखे पनि स्वस्थ रहनुहोस, मस्त रहनुहोस, खुसि रहनुहोस र मेहेनत गर्नुहोस भाग्य तपाइको हातमा हुने छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –तनावमा कमि आउनेछ । दुविधामा नपरि योजना बनाएर काम गर्नु होला थोरै भए पनि सफलता हात लाग्नेछ । काम गर्दा बाहिरी प्रभाव बढि पर्न सक्छ त्यतातिर ध्यान दिनु होला । व्यापार व्यवसायबाट उचित प्रतिफल नमिल्न सक्छ । नोकरी र राजनीतिबाट सामान्य उपलब्धि हात लाग्नेछ । पठन पाठनमा सन्तोषजनक प्रगति हुने छैन 

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)  – कार्य क्षमतामा ह्रास आउनेछ । सुख,शान्तिमा कमि आउनेछ । आलोचना बढ्न सक्छ । घरयासी खर्चमा बढ्नेछ । व्यापार व्यवसायमा मन्दि आउनेछ । धन माल हराउन सक्छ होशियारी नगुमाउनु होला । पढाई लेखाईमा सन्तोषजनक प्रगति हुनेछैन । सवैलाई विश्वास गर्नु गलत हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) –काममा देखिएका समस्या कम भएर जाने छन् । कुरामा भन्दा काममा जोड दिनुहोला । काममा स्थायीत्व दिनु पर्ने देखिन्छ । कार्य क्षमता,दक्षता बढ्नेछ । उद्योग धन्दा बन्द व्यापारबाट आय आर्जन बढ्नेछ । आर्थिक कारोवारमा भने चनाखो रहनु होला । सयुक्त काममा लगानी नबढाउनु होला घाटा हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) –समस्या समाधान गर्न सक्षम हुनुहुनेछ । आय आर्जनका दृष्टिले दिन उपलब्धिपूर्ण रहला । गरेका काम उदारणीय हुनेछन् । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउन सक्छ । परिवारबाट सहयोग पाईनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । घरमा पारिवारिक जमघट बढ्नेछ । वैदेशिक कार्य अगाडि बढ्ने छन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  – सहयोग हुनेछ तर वास्तविक सहयोग गर्ने कोहि हुने छैनन । अस्थिरताले आफुलाई कमजोर बनाउनेछ । आर्थिक क्षेत्रमा सामान्य सुधार आउनेछ । व्यापार व्यवसायमा लगानी नबढाउनु होला । गरेका कामबाट सामान्य आम्दानी हुनेछ । अन्योललाई चिरेर अगाडि बढ्नु पर्ने देखिन्छ । प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  –शारीरिक एवं मानसिक स्फूर्ति बढ्नेछ । मनोरञ्जनमा बढि ध्यान जान सक्छ । आफ्नै बाहुबलमा आर्थिक उन्नतिका काम हुनेछन् । लगानी अनुसारको व्यापार व्यवसायबाट आम्दानीम हुनेछ । सम्बन्धमा सुधार आउनेछ । सभा सम्मेलनमा सहभागि हुने अवसर मिल्नेछ । चुनौति सामना गर्ने सामथ्र्यता बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)  –काम गरेर आफुलाई होइन अरुलाई कमाई दिने मात्र हुनेछ । अनावस्यक विवाद पर्न सक्छ सचेत रहनुहोला । व्यापार व्यवसायमा गिरावट आउनेछ । आवेगमा आएर कुनै निणर्य नगर्नु होला क्षति धेरै हुनसक्छ । व्यर्थको घुमाई फिराई हुनेछ । मिथ्या अरोप लाग्न सक्छ । जोखिम मोलेर काम नगर्नु होला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)  – समय सुधारोन्मुख देखिन्छ । मानसिक तनावमा थोरै कमि आउनेछ । बाहिरी काममा बढि समय दिदा उपलब्धिका काम गुम्न सक्छन् । अर्थ अभावका कारण हुनुपर्ने काममा ढिला सुस्ति हुनेछ । गुमेको आस्था र विश्वास पलाउनेछ । व्यापार व्यवसायमा आएको मन्दि कायम नै रहनेछ । वैदेशिक कार्य अगाडि बढ्ने छन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)  –कर्म गर्न पछि नपर्नु होला भाग्यले साथ दिनेछ । अरुको कुरामा लाग्नु भयो भने उपलब्धि गुम्नेछ । आर्थिक कारोवारमा भने थोरै सतर्क रहनु होला । नोकरी तथा राजनीतिमा अवसर खोजी हुनेछ तर पाउने सम्भावना न्यून देखिन्छ । वौद्धिक व्यक्तित्व सँग भेटघाट हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) –मानसिक तनावमा थोरै कमि आउनेछ । बाहिरी काममा बढि समय दिदा उपलब्धिका काम गुम्न सक्छन् । अर्थ अभावका कारण हुनुपर्ने काममा ढिला सुस्ति हुनेछ । गुमेको आस्था र विश्वास पलाउनेछ । व्यापार व्यवसायमा आएको मन्दि कायम नै रहनेछ । लेनदेन कारोवारमा सचेत रहनुहोला ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) –दैनिक काम काजमा अवरोध आउनेछ । काम गर्ने जोश जागर घट्नेछ । परिवारमा मनमुटाव बढ्न सक्छ । व्यापार व्यवसायमा मन्दि आउनेछ । आवेगमा आएर काम नगर्नु होला । अहार विहारमा ध्यान दिनु होला नत्र स्वास्थ्य कमजोर हुनेछ । अरुको विश्वास र भरोसामा काम गर्दा धोका खाईनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) –काममा भाजो हाल्नेछन् सतर्क भएर अगाडि बढ्नु होला । कार्य सम्पादनाम कठिनाइ आउनेछ । ती कठिनाईहरु मेहनतबाट पार गर्नु पर्नेछ । कार्य गोपनियता आवस्यक देखिन्छ । बाहिरी काममा मन जानेछ नियन्त्रण गर्नु होला । व्यापार व्यवसायमा भने विस्तारै सुधार आउने देखिन्छ । पुराना मुद्धाको टुङ्गो लाग्न सक्छ ।

Leave a Reply

shares