साउदी अरेबियाले मृतकका परिवारलाई भनी नेपाली दुई करोड ३५ लाख रुपैयाँ परराष्ट्रको खातामा पठायो।

Sharing is caring!

बैसाख ०३

काठमाडौँ ,नेपालीले बैदेशिक रोजगारको क्रममा ज्यान गुमाएका श्रमिकका हकदारले पाउने गरी साउदी अरेबियाबाट करिब नेपाली दुई करोड ३५ लाख रुपैयाँ (सात लाख ९८ हजार पाँच सय ७६ रियाल) आएको छ ।

लामो समयअघि रोजगारीको क्रममा श्रमिकले ज्यान गुमाए पनि बिमा, ब्लड मनी लगायतको रकम निकासा नगरिँदा मृतकका आफन्त अन्यायमा पर्दै आएका थिए । साउदीस्थित नेपाली दुतावासले जनाए अनुुसार विभिन्न कारणले ज्यान गुमाएका व्यक्तिका हकदारले पाउने गरी उक्त रकम (सात लाख ९८ हजार पाँच सय ७६ रियाल) परराष्ट्र मन्त्रालयको खातामा जम्मा भइसकेको छ ।

श्रम स्वीकृति निकालेको संख्याको आधारमा साउदी यतिखेर दोस्रो गन्तव्यमा छ । साढे १० महिनादेखि सरकारले मलेसिया रोजगार बन्द गरेपछि साउदी दोस्रो नम्बरमा उक्लिएको हो । यो समाचार आजको नागरिक दैनिकमा छ ।

Leave a Reply

shares