अमेरिका जान चाहने नेपालीको भिषा किन अस्वीकृत हुन्छ ? कारण यस्तो छ ,जानि राख्नुहोस्

Sharing is caring!

बैसाख १३

काठमाडौँ ,अहिलेको समय अमेरिका जान चाहने नेपालीको संख्या निकै धेरै बढिरहेको छ । कामगर्न जाने भिषाको त्भि कुरै नगरौ भिजिट भिसा मार्फत अमेरिका जानेले योजनासहित आवेदन दिएपनि धेरैले भिसा पाउँदैनन् । भिसाका लागि कन्सुलर अधिकारीहरुले स्वतन्त्र निर्णय गर्छन । उनीहरु कुनै बाह्य दबाब वा प्रभावले काम गर्दैनन्।

अमेरिकी भिसा अधिकारीहरुले आवेदकको अमेरिका जानुपर्ने कारण, उद्देश्य, अमेरिका बसाईमा हुने खर्च, फर्केर आउने विश्वसनीयता, व्यवसायिक प्रयोजन र आर्थिक अवस्थामा विश्वस्त हुन नसके भिजिट भिसा अस्विकृत गरिदिन्छन्। भिसा अस्वीकृत भएपछि अमेरिकी दूतावासको वेभसाइटमा गएर पुनरावलोकन पनि गर्नसकिन्छ ।

अमेरिकाको भिसाका लागि अमेरिकी अध्यागमन कानुनले विभिन्न योग्यताहरु राखेको छ। ती योग्यता आवेदकले पुरा नगरेमा भिसा अस्वीकृत हुन्छ। भिजिट भिसाका आवेदकले निकै छोटो समयमा आफ्नो मनसाय स्पष्ट पार्न नसक्दा भिसा अस्वीकृत हुन्छ।

एकपटक भिसा अस्वीकृत हुँदैमा अर्को पटक नपाइने भन्ने होइन। पुनः आवेदन भर्ने र अन्तरवार्ताका लागि अर्को समयको तय गर्नुपर्दछ। तर सम्पूर्ण प्रक्रियाका लागि पहिले झै नयाँ प्रक्रिया र शुल्क तिर्नुपर्दछ।

Leave a Reply

shares