जापानको १२६औं सम्राटमा नारुहितोले राजगद्दी सम्हाल्दै।

Sharing is caring!

बैसाख १९

काठमाडौँ,जापानको १२६औं सम्राटमा नारुहितोले राजगद्दी सम्हाल्दै छन् । बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका नारुहितोलाई २८ वर्षको उमेरमा राजगद्दीको उत्तराधिकारी घोषणा गरिएको थियो। उनको विवाह सन् १९९३ मा मासाकोसँग भएको थियो। जापानको राजसंस्था विश्वकै सबैभन्दा पुरानो मानिन्छ जापानी राजतन्त्रको इतिहासमा राजगद्दी सम्हाल्ने १२६औं सम्राट हुन्।

शाही निसान र छाप हस्तान्तरण गर्ने विशेष समारोहमा उनलाई मंगलबार राति जापानी राजपरम्परामा विशेष महत्व राख्ने एउटा तरबारको प्रतीक, एउटा बहुमूल्य रत्न दिइएको थियो।

राजगद्दीमा आसीन भएपछि पहिलो सार्वजनिक सम्बोधन गर्दै ५९ वर्षीय सम्राट नारुहितोले आफू पिताकै पदचिह्नमा रहेर शान्तिका लागि कार्य गर्ने तथा जनताको सुखदुःखमा सधैं साथ रहने वचनबद्धता प्रकट गरे। दोस्रो विश्वयुद्धपछि जन्मिएका नारुहितोलाई मंगलबार मध्यरातमा ‘क्रिसेन्थिमम थ्रोन’ नाम दिइएको विशिष्ट रूपमा सजाइएको राजगद्दीमा राखिएको थियो। उनका पिता सम्राट अकिहितोले मंगलबार राजगद्दी त्यागेका थिए।

जापानी इतिहासमा दुई सय वर्षभन्दा बढीको अवधिमा कुनै सम्राटले स्वेच्छाले राजगद्दी त्याग गरेको यो पहिलो पटक हो। आफ्ना पिताको शान्तिप्रतिको निष्ठाबारे टिप्पणी गर्दै नारुहिताले सम्राट अकिहितो र विगतका सम्राटले कोरेको मार्गलाई आफूले गम्भीर रूपमा प्रतिबिम्बित गर्ने बताए। उनले जापानको संविधानप्रति पूर्णबफादार रहने प्रतिबद्धता व्यक्त गरे। 

Leave a Reply

shares