बेलायतमा सम्पन्न निर्वाचनमा नेपाली मूलका ४ उम्मेद्वार विजयी

Sharing is caring!

बैसाख २१

काठमाडौँ ,बेलायतमा सम्पन्न निर्वाचनमा नेपाली मूलका ४ उम्मेद्वार विजयी भएका छन्। बेलायतका विभिन्न क्षेत्रबाट काउन्सिलरको दौडमा रहेका नेपाली समुदायका अन्य उम्मेद्वार भने पराजित भए । बेलायतमा धेरै नेपाली बस्दै आएको अल्डरसटमा केसी पहिलोपटक नेपाली समुदायबाट निर्वाचित भएका हुन् ।

स्थानीय अल्डरसट टाउन काउन्सिलमा प्रवेश केसी, मेडस्टोन काउन्सिलमा दिनेश खड्का, हेमल हेम्पस्टिडमा गोवर्द्धन (सागर) सिलवाल र कोलबर्न टाउनमा डा. जगन्नाथ शर्मा काउन्सिलर निर्वाचित भएका हुन् । कन्जरभेटिभ पार्टीका उम्मेद्वार केसी ३ सय २८ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी लेबर पार्टीका उम्मेदवारले २ सय ८६ मत प्राप्त गरेका छन् । 

लिबेरल डेमोक्र्याट पार्टीका उम्मेद्वार खड्काले ८ सय ५२ मत प्राप्त गरेका छन् । उनका निकट प्रतिद्वन्द्वी लेबर पार्टीका उम्मेद्वारले सय ४६ मत मात्रै पाएका छन् । खड्का निर्वाचित क्षेत्र विगत लामो समयदेखि उनकै दल लिबेरल डेमोक्र्याटको पकड क्षेत्र हो ।

सिलवाल दोस्रो कार्यकालका लागि काउन्सिलरमा निर्वाचित बनेका छन् । ७ सय २४ मत प्राप्त गरेका उनले निकटतम प्रतिद्वन्द्वीले भन्दा ४ सय बढी मत ल्याएका छन् ।श्रोत :अन्नपूर्ण पोष्ट

Leave a Reply

shares