नेपाल र ओमन विच शून्य लागतमा जेठ अन्तिममा सम्झौता हुने।

Sharing is caring!

बैसाख २२

काठमाडौँ, नेपाल र ओमन विच शून्य लागतमा श्रम समझदारीमार्फत जेठ अन्तिममा सम्झौता हुने भएको छ । बिहीबार र शुक्रबार राजधानीमा बसेको बैठकले समझदारीको मस्यौदालाई अन्तिम रुप दिएको हो।

समझदारीमा दुई देशका मन्त्रीले हस्ताक्षर गरेपछि नेपाली कामदार रोजगारीका लागि ओमन जान कुनै शुल्क तिर्नुपर्ने छैन। ओमन जादा नेपाली श्रमिकले कुनै पनि लागत व्यहोर्नु पर्दैन, रोजगारदाताले नै सम्पूर्ण शूल्क व्यहोर्ने सहमति भएको छ।

दुवै देशका सरकारले उक्त मस्यौदालाई स्वीकृत गरेपछि हस्ताक्षरको मिति तोकिनेछ। आगामी जेठको अन्तिमसम्म सम्झौतामा हस्ताक्षर गर्ने गरी तयारी अघि बढाइएको छ।ओमन सरकारले मस्यौदालाई स्वीकृत गर्ने विश्वास व्यक्त गर्दै सहसचिव डा घिमिरेले बताउनु भयो।

दुवै देशका सरकारले मस्यौदालाई स्वीकृत गरेसँगै समझदारी हुने मिति र स्थान टुङ्गो लाग्नेछ। ओमनसँग पहिलो पटक श्रम समझदारी हुन लागेको हो। 

Leave a Reply

shares