अस्ट्रेलियामा बलात्कार अमेरिका भागेका बलराम नाम गरेको नेपाली युवा अमेरिकामा प्रक्राउ।

Sharing is caring!

बैसाख २३

काठमाडौँ,अस्ट्रेलियामा बलात्कार अमेरिका भागेका बलराम नाम गरेको नेपाली युवा अमेरिकामा प्रक्राउ परेका छन् । पर्यटक भिसामा अस्ट्रेलिया घुम्न आएका ३५ वर्षीय बलराम शिवलाई सन् २०१७ को जुनमा कार्लटनस्थित एक अपार्टमेन्टमा २१ वर्षीय स्थानीय महिलामाथि यौन हमला गरेको आरोप लगाइएको स्थानीय प्रहरीले जनाएको छ।

आरोपित बलराम अमेरिकाको न्यूयोर्कबाट समातिएका हुन्। घटना घटेको केही दिनमै घुम्न आएका आरोपित संयुक्त राज्य अमेरिका फर्केको प्रहरीको भनाइ छ ।यसरी अस्ट्रेलियन भूमिमा गलत काम गरी अमेरिका पुगेर बसेका निजलाई ती अस्ट्रेलियन युवतीको उजुरीका आधारमा खोजी सुरु गरिएको थियो । उनलाई बिना सहमति यौन सम्पर्क गरेको आरोप लागेको छ ।

संयुक्त राज्यसँगको सुपुर्दगी सन्धिअनुरुप प्राप्त वारेन्टको आधारमा न्यु साउथ वेल्स प्रहरीका सेन्टजर्ज इलाका कमाण्डका केही सदस्य आरोपितलाई प्रक्राउ गर्न न्युयोर्क पुगेका थिए । सिड्नी ल्याईएको ती अभियुक्तलाई न्यु साउथ वेल्सको पारामाटा अदालतमा उपस्थित गराउने जनाइएको छ ।

Leave a Reply

shares