विमानमा आगलागी हुँदा ४१ जनाको ज्यान गयो ,३ जनाको अवस्था गम्भीर ।

Sharing is caring!

बैसाख २३

काठमाडौँ,रुसको राजधानी मस्कोमा एक विमानमा आगलागी हुँदा ४१ जनाको ज्यान गएको छ । मस्कोको शेरेमेत्यवो हवाई अड्डाबाट मरमास्क जाँदै गरेको एयरोफ्लोट कम्पनीको सुपरजेट–१०० विमानमा आगलागी हुँदा ४१ जनाको ज्यान गएको हो ।

विमानमा कुल ७८ यात्रु र चालक दलका ५ सदस्य पनि थिए । अस्पतालमा उपचाररत ६ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको रुसको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

उडेको केहीबेरमै प्राविधिक समस्या देखिएपछि विमानलाई फर्काएर आकस्मिक अवतरण गराइएको थियो । अवतरण गर्दागर्दै विमानको इन्जिनमा आगो लागेको थियो ।श्रोत:सिधा न्युज बाट 

Leave a Reply

shares