यूएई आबुधाबीमा कम्पनीले २ महिनादेखि तलब नदिएपछि १२ जना नेपाली अलपत्र।

Sharing is caring!

जेठ ०१

आबुधाबी,आबुधाबी मुसाफा आइकार्ड ८ स्थित कन्ट्याक्टिङ्ग मेन्टिनेन्स् कम्पनीमा कार्यरत नेपालीहरु तलब नपाएपछि अलपत्र परेका छन्। मासिक तलबबाहेक ३ देखि ६ महिनासम्मको ओभर टाइमको हिसाब समेत नदिएको उनले दुखेसो गरे । १२ जनामध्ये ७ जना मुसाफामा र ५ जना दुबईमा छन् । हाल बस्दै आएको मुसाफा आइकार्ड क्याम्पमा कम्पनीले भाडा नतिरेपछि घरधनीले तल्काल कोठा छोड्न दबाव दिएका छन् । उक्त कम्पनीमा ९ महिना अघिदेखि र पछिल्लो २ महिनादेखि कार्यरत कामदार छन् ।

लालध्वजका अनुसार, कम्पनीले सुरुवातमा समयमै तलब दिँदै आएको थियो । बीचमा महिना पुगेपछि आधा तलव दिने र आधा पछि मिलाउने जनाउँदै होल्ड गर्यो । अहिले दुईमहिनादेखि पुर्णरुपमा तलब रोक्का गरेको उनले सुनाए ।

दुई सातादेखि उनीहरु काममा गएका छैनन् । काममा नजादाँ कम्पनीले सोधीखोजी समेत गरेको छैन । उनीहरु काठमाडौंस्थित महाराजगञ्जमा रहेको नेगी इन्टरनेशनल ओभरसिज मेनपावरमार्फत प्लम्बर र इलेक्ट्रिसियन पदमा आएका थिए । मेनपावर कम्पनीलाई समेत समस्याबारे जानकारी गराएको पीडितले जनाए । मेनपावरले कम्पनीसँग कुरा गर्ने आश्वासन दिएको तर हालसम्म समस्या समाधान नभएको उनीहरुको गुनासो छ ।

पीडित कामदारले कम्पनीले पाउनुपर्ने रकम दिएमा आफूहरु नेपाल फर्कने जनाएका छन् । आफुहरुलाई खान बस्नसमेत समस्या भएको र तत्काल उद्धार गरिदिन दूतावासलाई आग्रह गरेका छन्।

Leave a Reply

shares