लिविया पुगी अलपत्र परेका १५ नेपाली लाई शान्ति सेनाले उद्धार गर्यो।

Sharing is caring!

जेठ ०७

काठमाडौँ ,वैदेशिक रोजगारीका लागि लिविया पुगी अलपत्र परेका १५ नेपालीकाे शान्ति सेनाले उद्धार गरेकाे छ । इजिप्टको कायरोस्थित नेपाली दूतावासको पहलमा ती नेपालीलाई ट्रिपोलीमा रहेको अन्तराष्ट्रिय आप्रवासन संगठन (आईओएम) को क्याम्पमा राखिएको छ ।

उद्दार हुनेहरूमा गणेश थापा मगर, सनम विश्वकर्मा, पूर्णबहादुर गुरुङ, जयराम धामी, अमृत गुरुङ, भुवन आचार्य, वुद्धि बहादुर अधिकारी क्षत्री, कृष्ण कोइराला, राजु विश्वकर्मा, जयराम धामी, गुप्त बहादुर विक, राजु विष्ट, शेखर खरेल, अजय कुमार चौधरी, प्रकाश विश्कर्मा र मनोहर कार्की रहेकाे दुतावसले जानकारी दिएको छ।

संयुक्त राष्ट्रसंघीय शान्ति नियोगको नेपाली सेनासँगकाे समन्वय तथा सहयोगमा इजिप्टस्थित नेपाली दूतावासले उनीहरुको उद्दार गरेको हो । शान्ति सेनासहितका सुरक्षा निकायले नेपालीको उद्धारमा निरन्तर सहयोग गरिरहेको पनि बताइएको छ ।

Leave a Reply

shares