फ्रान्सको फेस्टिभल रेड कार्पेटमा नेपाली अभिनेत्री प्रियंका कार्की।

Sharing is caring!

जेठ ०८

काठमाडौँ ,कान्समा फिल्म फेस्तिबलका लागि पहिलो पटक नेपालको एम्बासडरका रुपमा नेपालको तर्फबाट पहिलो पटक प्रियंकाले पनि प्रतिनिधित्वकी छिन्। हलिउड र बलिउड स्टारसहित संसारभरका सेलिब्रिटी आइकनका साथमा पहिलोपटक नेपाली अभिनेत्री पनि यो फेस्टिभलको रेड कार्पेटमा सहभागी भएकी हुन्।

संसारकै सबैभन्दा प्रख्यात तीन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमध्येको एक मानिने कान्स फिल्म फेस्टिभलको ७२औं संस्करण मे १४ देखि २५ तारिखसम्म चलिरहेको छ। सोमबारदेखि शुक्रबारसम्म आयोजना हुने विभिन्न चार वटा इभेन्टमा प्रियंका कार्की ले भाग जनाउनेछिन । 

फेस्टिभल स्थलमै खिचाएको तस्बिर सेयर गर्दै प्रियंकाले लेखेकी छन्, ‘कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन पाउनु मेरो लागि ठूलो सौभाग्य हो। विगत लामो समयदेखि यो रेड कार्पेटमा संसारका प्रसिद्ध कलाकारलाई देखिरहँदा मभित्र पनि एक दिन यहाँसम्म पुग्नेछु भन्ने सपना थियो।

कान्स फिल्म फेस्टिभलको ७२औं संस्करणमा यस वर्षको कान्स फेस्टिभलमा बलिउडबाट दीपिका पादुकोण, प्रियंका चोपडा, ऐश्वर्य राय, सोनम कपुरलगायतका चर्चित अभिनेत्री सहभागी हुँदैछन्।

Leave a Reply

shares