बैदेशिक विभागले म्यानपावर कम्पनीलाई एजेन्ट नियुक्त नगर्न निर्देशन दियो।

Sharing is caring!

जेठ १०

काठमाडौँ ,बैदेशिक रोजगार ऐन २०६४ को दफा ७४ को उपदफा (२) को संसोधित प्रावधान अनुसार आफ्नो प्रतिनिधि नियुक्ति गर्ने व्यवस्था हटेकोले प्रतिनिधि नियुक्ति नगर्न विभागले निर्देशन दिइसकेको छ। 

बैदेशिक बिभागले गत जेठ ३ गतेसम्म इजाजत प्राप्त म्यानपावर कम्पनीहरुलाई आफ्नो सम्पूर्ण विवरण अद्यावधिक गर्न अन्तिम पटक म्याद दिएको थियो । तर उक्त्त समयसीमा भित्र पनि कर्मचारीको विवरण र शाखा संचालन लगायत विवरण सूचना अद्यावधिक गर्न अटेरी ४८ वटा म्यानपावर कम्पनीको अनलाइन कारोबार रोक्का गरिसकेको छ ।

ऐन संसोधन भए पनि नियमावली संसोधन हुन सकेको छैन । विभागले ऐन मार्फत आएको व्यवस्थालाई नियमावली नहुँदा पनि सम्बोधन गर्ने गरि आवश्यक तयारी गरिरहेको र म्यानपावर कम्पनीहरुको आधिकारिक कर्मचारीहरुको विवरण संकलन कार्य सकिएको महानिर्देशक डा. भीष्म कुमार भुसालले जानकारी दिएका छन् ।

सेवाग्राहीले कारोबार गर्दा कम्पनीको आधिकारिक परिचयपत्र, प्रमाणपत्र नहेरी सेवा शुल्क नदिन अनुरोध गर्दै हाल एजेन्ट भन्दै कोहि कसैको पासपोर्ट होल्ड गर्ने काम गरेमा कानूनी रुपमा कारवाही गर्नेगरी विभागले आवश्यक तयारी गरिरहेको जानकारी बैदेशिक बिभागका महानिर्देशक डा. भीष्म कुमार भुसालले दिएका छन् ।

Leave a Reply

shares