आजको राशिफल २०७६ साल जेठ १३ गते सोमवार नेपाल सम्बत ११३९ सन् २०१९ मेइ २७ तारिक।

Sharing is caring!

जेठ १३

काठमाडौँ ,राशिफलमा जे जस्तो लेखे पनि स्वस्थ रहनुहोस, मस्त रहनुहोस, खुसि रहनुहोस र मेहेनत गर्नुहोस भाग्य तपाइको हातमा हुने छ।

मेषः– हिसाव किताव राखेर काम गर्नु होला केहि उपलब्धि हात लाग्नेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । आफन्तबाट बोली मात्र हुनेछ व्यवहारिक सहयोग कम पाईनेछ । नोकरी तथा राजनीतिबाट फाइदा लिन कोशिस बढि गर्नु पर्नेछ । बढि महत्वकाँक्ष बोकेर ठुला योजनामा लगानी गर्दा विचार पु¥याउन सकिएन भने हानी हुनेछ ।

वृषः– ज्ञान,शिप र वुद्धिको विकाश हुनेछ । सरल विधिबाट कार्य सम्पादन हुनेछन् । इज्जत प्रतिष्ठा वृद्धि हुने खालका काम हुनेछन् । पठन पाठनमा प्रगति हुनेछ । कुरा काट्नेहरु समर्थनमा आउने छन् । सामाजिक काममा अभिरुची बढ्नेछ । व्यापार व्यवसायमा सुधारका संकेत देखिने छन् । आफन्तबाट सहयोग सल्लाहा सुझाव मिल्नेछ ।

मिथुनः– अरुको भलाईमा आफ्नो भविष्य नदेख्नु होला । स्पष्ट धारणा बनाएर अगाडि बढ्नु आवस्यक देखिन्छ,अलमले गलमल हुनेछ । खानपानमा ध्यान दिनुहोला नत्र स्वास्थ्यमा समस्या आउनेछ । व्यापार व्यवसायमा खासै प्रगति हुने देखिन्न । यात्राको सम्भावना देखिन्छ । नोकरी तथा राजनीतिबाट सन्तुष्टि कम मिल्नेछ । पढाई लेखाईमा थोरै ध्यान जानेछ ।

कर्कटः– आज पनि समयले साथ दिने देखिन्न । वचाएर राखेका पुरातात्विक कुरा नष्ट हुनसक्छन् सचेत रहनु होला । सयोग गर्ने भन्द खुट्टो तान्नेको बढि हुनेछन । काम गर्ने बातावरण त्यति सहज देखिदैन । भाग्यले कम साथ दिनेछ । मानसिक तनाव घट्ने छैन । जोखिम मोलेर नयाँ क्षेत्रमा लगानी नबढाउनु होला क्षति धेरै हुनेछ ।

सिंहः– समयको उपयोग गर्नु होला पछि यो समय आउने छैन । आयत निर्यात व्यापार व्यवसायबाटबाट लाभान्वित हुनुहुनेछ । आर्जित धनलाई वचतमा परिणत गर्न गाह्रो हुनेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न । लोभ मोह बढ्नेछ । काममा ढिला सुस्ति नगर्नु होला । पढाई लेखाईमा खासै प्रगति हुने छैन ।

कन्याः– बढि महत्वकाँक्षी नबनि काम गर्नु होला । हेलचक्र्याई भयो भने उपलब्धि गुम्नेछ । विरोधीको सामना गर्नु पर्नेछ । गोपनियता अप्नाएर कार्य योजना अगाडि बढाउनु होला । स्त्री एवं सन्तानको चिन्ताले छोड्ने छैन । मेहनतका साथ गरेका काम सफल हुनेछन् । संघर्षबाट मात्र लक्ष्यमा पुग्न सकिनेछ ।

तुलाः– समयमा पूर्ण सुधार देखिदैन तर समस्या भने केहि घट्ने छन् । सवैलाई आफ्नो ठान्नु धोका हुनसक्छ । दूर्जनका कारण धन खर्च हुनेछ । पढाई लेखाईमा मन जानेछ । वौद्धिक व्यक्तित्व सँग भेटघाट हुनेछ । सन्तान सुख कम मिल्नेछ । स्त्रीको सहयोग लिएर काम गर्दा केहि सहज हुनेछ । घर वाहिर बढि आनन्द मिल्नेछ ।

वृश्चिकः– समय सहज देखिदैन । शारीरिक एवं मानसिक शिथिलता बढ्नेछ । अनावस्यक विषय बस्तुमा समय खेर जानेछ । खर्चालु काम धेरै गर्नु पर्ला । घरयासी प्रयोजनको लागि समान खरीद हुनेछन् । आहार विहारका कारण स्वास्थ्यमा खरावी हुनसक्छ । आस्था र विश्वास घट्न सक्छ । आफन्तबाट सामान्य सहयोग मिल्नेछ ।

धनुः– ग्रह गोचर ठीकै देखिन्छ । उद्योग,पराक्रम घट्ने छैन । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । अरुको भर पर्दा उपलब्धि थोरै हुनेछ तस्मात् आफ्नो काम आफै गर्नु होला । पढाई लेखाई मन्द रहनेछ । सहयोग गर्ने भन्दा कुरा काट्ने बढि हुनेछन् । राजनीतिमा धेरै चासो नदिनु होला । आर्थिक कारोवार गर्दा चनाखो हुनुहोला ।

मकरः– समय मध्यम खालको देखिन्छ । हेलचक्र्याई कहि कतै नगर्नु होला । ऋण लगानी नगर्नु होला पछि उठाउन गाह्रो हुनसक्छ । इष्टमित्र साथी भाईमा अल्प प्रेम होला । हृदयबाट सहयोग गर्ने कमै हुनेछन् । विवाद देखि टाढा बसी आफ्नो काममा दत्तचित्त भएर लाग्नुहोला । मेहनतपूर्वक गरेका काम सफल हुनेछन् । व्यापारबाट थोरै आम्दानी हुनेछ ।

कुम्भः– काम गर्ने उत्साहा घट्ने छैन । काममा देखिएका समस्या कम भएर जाने छन् । फजुल खर्चमा कमी आउनेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ । आम्दानी खर्च बराबरै जस्तो हुनेछ । वचतमा जोड दिनुहोला । भोज भतेर,धार्मिक कार्यमा सहभागि हुन पाईनेछ । नोकरी तथा राजनीतिमा अधिकारको खोजी हुनेछ ।

मीनः– ढुक्क भएर काम गर्ने अवस्था रहने छैन । प्रतिकुल परिस्थितिको सामना गर्नु पर्ला । पढाई लेखाईमा खासै प्रगति हुने छैन । व्यापार व्यवसायमा गिरावट आउनेछ । अनावस्यक खर्च बढ्नेछ । परिवारको स्वस्थ्यमा समस्या आउनेछ । जोखिम मोलेर कुनै काम नगर्नु होला ।

Leave a Reply

shares