विप्लव नेतृत्वको कार्यकर्ताले नेपाल बन्दको अवज्ञा गर्दै ट्रक जलाइयो।

Sharing is caring!

जेठ १३

काठमाडौँ,विप्लव नेतृत्वको कार्यकर्ताले नेपाल बन्दको अवज्ञा गर्दै ट्रक जलाएको छ । विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै सोमबार बिहान हेटौंडाको चौकीटोलमा एउटा गाडीमा आगजनी गरेका छन् ।

त्रिभुवन राजपथ अन्तर्गत हेटौंडाको चौकी टोलमा प्रहरी चौकी नजिकै ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भटराईले जानकारी दिएका छन् । 

विप्लव नेतृत्वले गरेको बन्दका कारण हेटौँडा ,बाग्लुंगका सहर सुनसान बनेको र आगजनीका कारण गाडी पूर्णरुपमा जलेको छ ।

Leave a Reply

shares