कुवेतस्थित इनासको कम्पनीमा कार्यरत १ सय २५ नेपालीले काम रोके।

Sharing is caring!

जेठ २०

काठमाडौँ ,कुवेतस्थित इनासको कम्पनीमा कार्यरत १ सय २५ नेपालीले काम रोकेका छन् । तलब नदिएको, दुर्घटनामा पर्ने कामदारलाई बिमाको सुविधा नदिएको र मोटरसाइकलमा पेट्रोल हाल्ने पैसासमेत नदिएको भन्दै उनीहरूले काम छाडेका हुन् । उनीहरू ‘बाइक राइडर’ हुन् । उनीहरू अधिकांश नेपालीहरु स्यारोन म्यानपावर कम्पनीमार्फत कुवेत गएका हुन् ।

कम्पनीले काम गरेपछि पैसा दिने बताइरहेको नेपाली दूतावासले जनाएको छ । दूतावासले कम्पनीको व्यवस्थापनसँग छलफल गरी विवाद समाधान प्रयास भइरहेको जनाएको छ । ‘मार्च १० तारिखभित्र तलब दिन्छु भनेर कम्पनीले बताइरहेको छ । कम्पनीले कामदार नै काममा नफर्केको गुनासो गरिरहेको छ,’ श्रम सहचारी ज्ञानेन्द्र शर्माले भने, पिडित नेपालीहरुले कम्पनीलाई छिट्टै श्रम विवाद सल्टाउन अनुरोध गरेका छन्  ।

सबै कामदारलाई कम्पनीले काम दिन नसकेको कामदारको दाबी छ । उनीहरू कुवेतस्थित महावुल्लाको सडक नम्बर १४४ मा बस्दै आएका छन् भने  कम्पनीले कुवेती श्रम कानुनअनुसार सेवा सुविधा नदिएको भन्दै कुवेतको श्रम कार्यालयमा उजुरी दिएको पनि उनीहरूले बताए ।

Leave a Reply

shares