छोरीलाई पटक-पटक बलात्कार गररेको आरोपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक उपसचिव पक्राउ

Sharing is caring!

जेठ २९

काठमाडौँ ,छोरीलाई पटक-पटक बलात्कार गररेको आरोपमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक उपसचिव पक्राउ परेका छन्र। प्रहरीले १८ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ती उपसचिवलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका एक उपसचिव रहेका छन्।

ललितपुरको धोविघाट बस्दै आएका ४५ वर्षीय नेपाल सरकारका उपसचिवले श्रीमती नभएको वेलामा आफ्नै १८ वर्षीया छोरीलाई बलात्कार गर्ने गरेको आरोपमा पक्राउ परेका छन् ।

ललितपुर प्रहरी परिसर, जावलाखेलको मुद्दा शाखाका एक अधिकृतका अनुसार उनले विदेशतिर बाबु–छोरीबीच शारीरिक सम्बन्ध हुने गरेको उदाहरण दिँदै शारीरिक सम्बन्धका लागि बाध्य पार्थें । घटनाबारे आमालाई समेत जानकारी थियो । तर, परिवारकै बेइज्जती हुने डरले श्रीमानलाई सचेत गराउँदै आएकी थिइन् । पटकपटक सम्झाउँदा पनि नसुध्रिएपछि बाध्य भएर जोहरी दिएको पीडितको भनाइ छ ।

पीडित किशोरी कक्षा १२ मा अध्ययनरत् छिन् । पीडितको परिचय खुल्ने भएकाले आरोपितको नाम पनि प्रहरीले गोप्य राखेको छ । उनकाे नाम खुलाइएकाे छैन। महोत्तरी घर भई हाल ललितपुर धोविघाट बस्दै आएका ४५ वर्षे उपसचिवले आफ्नी छोरीलाई बारम्बार जबरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ।

विभिन्न प्रकृतिका हत्या, हिंसा, बलत्कारका घटना हाम्रो समाजमा दिनहुँ घटिरहेको बेला नेपाल सरकारका उपसचिव जस्तो सम्मानित पदमा रहेका एक व्यक्तिले आफ्नै छोरीलाई बलात्कार गरेको घटना सार्बजनिक हुनुले एक शिक्षित परिवारमा पनि छोरी -चेली सुरक्षित छैनन् भन्ने कुराको पुष्टि गरेको छ ।

Leave a Reply

shares