आजको राशिफल २०७६ साल जेठ ३० गते बिहिवार नेपाल सम्बत ११३९ सन् २०१९ जुन १३ तारिक।

Sharing is caring!

जेठ १३

काठमाडौँ ,राशिफलमा जे जस्तो लेखे पनि स्वस्थ रहनुहोस, मस्त रहनुहोस, खुसि रहनुहोस र मेहेनत गर्नुहोस भाग्य तपाइको हातमा हुनेछ।

मेषः– सोमबारसम्म समय अनुकुल त्यति देखिन्न । चिन्तामग्न भएर बस्नु पर्नेछ । विभिन्न खालका समस्याहरुसँग जुद्धनु पर्नेछ । बातावरण भत्किनेछ,सहज रुपमा काम हुने छैनन । आर्थिक समस्या झेल्नु पर्नेछ । मंगलबार देखि समयले साथ दिनेछ । उपकारी काम हुनेछन् । टुटे फुटेका कुरा मिल्ने छन् । समस्या समाधान भएर जाने छन् । आत्मबल आत्म विश्वास बढ्नेछ । अबरुद्ध कामले गति लिनेछ । सामाजिक क्षेत्रमा लगानी बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । अध्ययन अध्यापन कार्य सुचारु हुने छन् ।

वृषः– जीवनसाथिको साथले मनमा उमङ्ग बढ्नेछ । यात्राको योग पनि देखिन्छ । उप्रान्त विहिबार अपरान्ह सम्म समय खराव रहला । अनावस्यक खर्चमा वृद्धि हुनेछ । इज्जत प्रतिष्ठामा आच आउन सक्छ । स्वास्थ्यमा समस्या आउन सक्छ । धन सम्पति चोरी वा हराउन सक्छ । विश्वास गरेकाले धोका दिने छन् । व्यापार व्यवसायमा हानी नोक्सानी हुनसक्छ । शेष दिन अनुकुल अनुकुल देखिन्छ ।

मिथुनः– काम गर्दा संघर्ष बढि गर्नु पर्नेछ । आराम गरेर बस्छु भन्नु भयो भने शान्ति र सुख भाग्नेछ । प्रयास र प्रयत्नको फल राम्रै निस्कनेछ । प्रयास गर्दा नयाँ कामको अवसर नआउला भन्न सकिन्न । अरुको भरमा काम नगर्नु होला । शेष समय त्यति अनुकुल देखिन्न । मनमा शान्ति मिल्ने छैन । जोखिमपूर्ण यात्रा नगर्नु होला । खानपानका कारण स्वास्थ्यमा समस्या आउनेछ । आफन्तले धोका दिने छन् । लगानी डुब्न सक्छ । व्यापार घट्नेछ ।

कर्कटः– आइतबार र सोमबार महत्वकाँक्षा बढ्नेछ । हतारमा निणर्य गरेर पछुताउने अवस्था आउनेछ । पढाई लेखाईमा थोरै प्रगति हुनेछ । अरुको भरु विश्वासमा काम नगर्नु होला । काममा अवरोध खडा गर्न खोज्ने कम हुने छैनन । प्रतिश्पर्धा गरेर अगाडि बढ्नु होला । मुद्धा मामिलामा जीत हुनेछ । प्रयत्न गरेमा नयाँ काम हात पर्न सकिने । आयत निर्यात व्यापार व्यवसायबाट मुनाफा लिन सकिनेछ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न ।

सिंहः– आफन्तजनमा मनमुटाव बढ्नेछ । व्यसायमा समस्या आउने देखिन्छ । धन सम्पतिको विषयलाई लिएर झगडा पर्न सक्छ । इच्छा आकाँक्षा बढि हुने छन् तर पूर्ति हुने सम्भावना कम देखिन्छ । पढाई लेखाईमा अवरोध आउन सक्छ । स्वास्थ्यमा समस्या नआउला भन्न सकिन्न । मंगलबार देखि भने समयमा सामान्य सुधार आउनेछ । काम गर्न सके दाम कमाईनेछ । संघर्षबाट टाढा नभाग्नु होला । समस्या केहि समाधान हुनेछन् ।

कन्याः– आईतबार र सोमबार साता कै उत्कृष्ट दिन देखिन्छ । समयमा काम गर्न सके केहि उपलब्धि हासिल हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी हुनेछ । पुराना समस्या अधिकाँश समाधान हुनेछन् । मंगलबार देखि समयले कम साथ दिनेछ । घर परिवारमा विभिन्न समस्या आउनेछन् । शारीरिक एवं मानसिक रुपमा कमजोर महशुस हुनेछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । अनावस्यक खर्च बढ्नेछ । विश्वास गरेकाले धोका दिन सक्छन् । संयमित भएर काम गर्नु होला ।

तुलाः– विहिबार मध्यान्हसम्म समय सामान्य अनुकुल देखिन्छ । थोरै आशाका अङ्कुर पलाउने छन् । लगनशिल भई काम गर्न सके केहि उपलब्धि हासिल हुनेछन् । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । आफन्तबाट सामान्य सहयोग मिल्नेछ । तर पूर्ण भरोसामा भने काम नगर्नु होला । शुक्रबार र शनिबार समयले कम साथ दिनेछ । घरका समस्या जहाँका तहि रहने छन् । अर्थ अभावका कारण योजना कार्यन्वयनमा ढिला सुस्ति हुनेछ ।

वृश्चिकः– साताका अधिकाँश दिन अनुकुल देखिन्छ । संयमित भएर काम गर्नु होला । समयको महत्व वुझेर काम गर्नु होला । पारिवारिक सहयोग मिल्नेछ । व्यापार व्यवसायमा गरेको लगानीबाट प्रतिफल निस्कनेछ । आर्थिक पक्षलाई ध्यान दिएर काम गर्नु होला । पढाई लेखाईमा प्रगति हुनेछ । प्रयत्न गर्न सके नयाँ कामको अवसर आउनेछ । इच्छा आकाँक्षा बढ्ने छन् र केहि पूर्ति पनि हुनेछन् । पढाई लेखाईमा सोचे जस्तो प्रगति हुने छैन ।

धनुः– फजुल खर्च बढ्नेछ,आर्थिक संरचनालाई नचलाउनु होला । आफन्त बनेर धोका दिने छन् । अन्य दिन भने सामान्य अनुकुल रहेका छन् । काम गर्ने जोश जागर बढ्नेछ । प्रयत्न गर्दा नयाँ काम हात पर्नेछ । व्यापार व्यवसायमा नयाँ आम्दानीका क्षेत्र फेला पर्ने छन् । नोकरी तथा राजनीतिमा प्रयत्न गर्दा अवसर आउनेछ । परिवारबाट सहयोग सहानुभूति मिल्नेछ । भोज भतेर सभा सम्मेलनको लागि निमन्त्रण आउनेछ ।

मकरः– आफन्तको सहयोग मिल्नेछ भने मंगलबार देखि विहिबार मध्यान्हसम्म समय प्रतिकुल रहेकोछ । अनावस्यक काममा समय र धन खर्च हुनेछ । व्यर्थको घुमाई फिराई होला । धैर्यता टुट्न सक्छ । स्वास्थ्यमा समस्या आउनेछ । उप्रान्त समय पुन अनुकुल हुनेछ । उत्तम भोजन र आसन प्राप्तिको योग देखिन्छ । अधुरा काम सम्पादन हुनेछन् । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउन सक्छ ।

कुम्भः– विहिबार मध्यान्ह सम्म समयले पूर्ण साथ दिनेछ । कार्य क्षमता र लगशिलता बढ्नेछ । विरोधीहरु शरणमा आउने छन् । व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ । गएका ठाँउमा स्वागत सत्कार मिल्नेछ । इच्छा आकाँक्ष पूर्ति हुनेछन् । बोलिको प्रभाव पर्नेछ । इष्टमित्र आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ । संचित धन बढ्नेछ । शेष साता भने खराव देखिन्छ । अनावस्यक खर्चमा वृद्धि हुनेछ । विश्वास गरेकाले धोका दिने छन् ।

मिनः– वैदेशिक कार्य अगाडि बढ्ने छन् । नयाँ कामको अवसर आउन सक्छ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । जीवन साथिको सहयोग मिल्नेछ । सामाजिक इज्जत प्रतिष्ठा बढ्नेछ । काममा सरलता आउनेछ । पढाई लेखाईमा सामान्य प्रगति हुनेछ । उच्च व्यक्तित्व सँग भेटघाट हुनेछ । रमाईलो यात्राको योग पनि देखिन्छ । घरमा मांगलिक कार्यका साथै अतिथिको आगमन हुनेछ ।


Leave a Reply

shares